गृह जिल्लामा देउवाले पठाए राहत सामग्री

 न्यूज विराट
गृह जिल्लामा देउवाले पठाए राहत सामग्री

डडेल्धुरा, २३ जेठ-पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराका लागि राहत सामग्री पठाएका छन् । स्थानीय तहमा रहेका गरिब निमुखाका लागि खाद्यान्न अभाव भएको भन्दै उनले राहत सामग्री पठाएका हुन् ।

सभापति देउवाले जिल्ला समन्वयमार्फत् स्थानीय तहलाई हस्तान्तरण गर्ने गरि १ सय ४० क्विन्टल चामल, ७ क्विन्टल मसुरको दाल, साढे ३ क्विन्टल केराउ दाल, साढे ३ क्विन्टल चना, करिव २ क्विन्टल मटरका साथै चिनी, नुन, चियापत्ती र तेल पठाएका हुन् ।

पूर्व प्रधानमन्त्री देउवाले जिल्लाका प्रत्येक स्थानीय तहलाई २० क्विन्टल चामलसहित २ सय केजी दाल, ५ कार्टुन तेल, २८ किलो नुनका साथै चिनी, चियापत्ती, चना जस्ता खाद्य सामग्री पठाएको जिल्ला समन्वय समिति डडेल्धुराले जनाएको छ ।

सम्बन्धित समाचार

स्वास्थ्यकर्मीलाई क्लिनिकमा काम गर्न रोक

सप्तरी, २४ साउन-सप्तरीको १ मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न आजदेखि रोक लगाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै...

ज्योती आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त शिविर आयोजना गरेको छ । विद्यार्थीहरुका लागि क्लबले विराटनगर विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालयमा नौलखा डेन्टल केयरको सहकार्यमा निःशुल्क...

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

सिबी अधिकारी, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने...

विराटनगरमा तीन सहित प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पारित हुन्छः आचार्य

विराटनगर, १४ माघ । नेपाल कम्यूनिस्ट पार्टी(नेकपा) प्रचण्ड समूहका प्रदेश नं १ इन्चार्ज भीम आचार्यले प्रदेश सभामा पेश गरिएका मुख्यमन्त्रीको विरुद्धको अविश्वास प्रस्ताव पारित हुने बताएका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार...

महिला क्रिकेटको उपाधि सरस्वती स्कुललाई

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको सरस्वती स्कुलले जितेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार सम्पन्न भएको प्रतियोगितामा सरस्वती स्कुलले आर्दश वालिका स्कुललाई ७२ रनको...

विराटनगरको सरगम गीत गजलमा प्रहरीको छापा, एक दर्जन जुवाडे पक्राउ

विराटनगर, २४ साउन । विराटनगरको रोडशेष चोकस्थित एक गीत गजलमा प्रहरीले छापा मारेर एक दर्जन जुवाडेलाई पक्राउ गरेको छ । विराटनगर– १२ रोडशेष चौकदेखि थोरै दक्षिणमा रहेको सरगम गीत गजलमा प्रहरीले छापा मारेर १२ जना...

नेकपा सचिवालय बैठक : विवाह भएको ७ वर्ष पूरा गरेपछि मात्रै अंगीकृत नागरिकता

काठमाडौं, ६ असार-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नागरिकता विधेयकका बारेमा छलफल गरेको छ । शनिबार बिहान बसेको पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने निष्कर्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्