काठमाडौं, २३ जेठ-नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटअनुसार थप ४३ जनाले कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोसी अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र अलाइन्स डेन्टल अस्पतालको आइसोलेसनबाट गरी ४३ जना डिस्चार्ज भएका छन् । धरानबाट ३, विराटनगरबाट, २७ र बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् ।
धरानबाट डिस्चार्ज भएका ३ जना पुरुष झापाका रहेका छन् । विराटनगरबाट २७ जना डिस्चार्ज ४ महिला २३ महिला रहेका छन् । उनीहरू धनकुटा, खोटाङ, उदयपुर, मोरङ, सप्तरी, सुनसरी र झापाका रहेका छन् ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र अलाइन्स डेन्टलबाट १३ जना डिस्चार्ज भएका छन् । उनीहरू १ महिला १२ पुरुष परुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबारसम्म कुल ३ सय ३३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रदेशिक विवरणअनुसार प्रदेश १ बाट ७६, प्रदेश २ बाट १२१, बागमती प्रदेशबाट ३२, गण्डकी प्रदेशबाट ३, प्रदेश ५ बाट ९२, कर्णाली प्रदेशबाट २ र सुदूरपश्चिम प्रदेशबाट ७ जनाले कोरोनालाई जितेर घर फर्किएको छन् ।