मस्को, जेठ २३–रुसमा कोरोना संक्रमितको संख्या करिब साढे ४ लाख पुगेको छ । शुक्रबार दिउँसो सम्ममा रुसमा कोरोना संक्रमितको संख्या ४ लाख ४९ हजार ८ सय ३४ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा रुसमा ८ हजार ७ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल सम्म रुसमा कोरोना संक्रमणबाट ५ हजार ५ सय २८ जनाको ज्यान गएको छ । २ लाख १२ हजार ६ सय ८० जना निको भएर घर फर्किएका छन् भने २ लाख ३१ हजार ६ सय २६ जनाको उपचार भइरहेको छ ।
वल्र्डोमिटरको तथ्यांक अनुसार विश्वमा शुक्रबार दिउँसो २ बजे सम्ममा कोरोना संक्रमितको संख्या ६७ लाख १४ हजार ३ सय ३५ पुगेको छ । जस मध्ये ३ लाख ९३ हजार ४ सय ८ जनाको मृत्यु भएको छ । ३२ लाख ६१ हजार २ सय ७६ जना निको भएका छन् । हाल ३० लाख ५९ हजार ६ सय ५१ सक्रिय संक्रमित रहेको जनाइएको छ ।