हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी अनुसन्धान प्रतिवेदन फिर्ता

 न्यूज विराट
हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी अनुसन्धान प्रतिवेदन फिर्ता

एजेन्सी, जेठ २३-मलेरियाको औषधि हाइड्रोक्सिक्लारोक्विन कोरोना भाइरसका विरामीको उपचारमा घातक रहेको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन फिर्ता लिइएको छ ।

हाइड्रोक्सिक्लोक्विन औषधि कोरोना भाइरसका संक्रमितलाई दिएमा मृत्यु हुने  वा मुटुमा समस्या आउने जोखिम रहेको सो प्रतिवेदनमा औल्याइएको थियो ।

द लेन्सेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनका तीन प्रमुख अनुसन्धानकर्ताले सो अनुसन्धानको सत्यता वा तथ्यबारे आफूहरुले ठोकुवाका साथ भन्न नसक्ने बताएपछि प्रतिवेदन नै फिर्ता भएको छ ।

स्वास्थ्य सेवा सम्बन्धी अमेरिकी कम्पनी सरजिस्फेयरले तथ्यांकमा जालझेल गरेको उनीहरुले बताएका छन् । सरजिस्फेयरले तथ्यांकको स्वतन्त्र पुनरावलोकन गर्न नदिएका कारण अनुसन्धानको सत्यताको वकालत गर्न आफूहरु असमर्थ रहेको उनीहरुले बताएका छन् ।

सो अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण तत्कालका लागि रोकेको थियो । तर आफ्ना विज्ञहरुको सुझावपछि डब्लुएचओले पुनः अनुसन्धान सुरु गरिसकेको छ ।

प्रतिष्ठित वैज्ञानिक जर्नल द लेनसेटमा गत महिना प्रकाशित अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढी भएको उल्लेख छ ।  यद्यपि अहिलेसम्म मलेरियाविरुद्ध प्रयोग हुने यो औषधि कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने प्रमाण फेला परेको छैन ।

सम्बन्धित समाचार

रंग पत्रकार प्रेम देवान सम्मानित

विराटनगर । रंग पत्रकार प्रेम देवान सम्मानित भएका छन् । विराटनगरमा सम्पन्न भएको चलचित्र महोत्सवमा नेपाल चलचित्र पत्रकार महासंघ मोरङका अध्यक्ष समेत रहेका देवा सम्मानित भएका हुन् । चलचित्र क्षेत्रको विकासमा रंग पत्रकार देवानले उल्लेखिनय...

राष्ट्रिय जनगणना:मोरङमा परिवारको सूचीकरण कार्य शुरु

विराटनगर, ५ असोज । मोरङमा राष्ट्रिय जनगणना अन्र्तगत सुपरिवेक्षकले पहिलो चरण अन्तर्गत भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन प्रत्येक घरपरिवार एक चुलो एक परिवारको सूचीकरण गर्ने कार्य सुरु गरेको छ। प्रदेश जनगणना कार्यालय...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, १ असोज-बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बुधबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, बुधबार...

कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, शुक्रबार थप ७४० जनामा संक्रमण पुष्टि

काठमाडौं, १९ असार-नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ७४० जनामा कोरोना देखिएको...

ठुलो दुर्घटना हुनबाट जोगियो, ग्याङ फाइट गर्न हिँडेका १५ जनाको समूह तरबारसहित पक्राउ

विराटनगर । ग्याङ फाइट गर्न भनेर हिँडेका युवाको समूहलाई प्रहरीले विराटनगर– ९ घोघापुल चोकबाट पक्राउ गरेको छ । युवतीको विषयलाई लिएर हुन आटेको ग्याङ फाइट गर्न हिँडेको १५ जनाको समूहलाई मोरङ प्रहरीले आज दिउँसो तरबारसहित...

कोरोनाको महामारीका बेला सुरक्षा प्रमुखलाई नचलाउन केन्द्रलाई प्रदेश २ को पत्र

प्रदेश २ मा शान्ति-सुरक्षामा खटिएका प्रमुखको सरुवा, पदस्थापना, काज र खटनपटन गर्दा प्रदेश सरकारको सहमतिमा लिनुपर्ने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संघीय सरकारलाई पत्र पठाएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीको बेला सुरक्षा...

थारु सामुदायको अधिकार स्थिापित गर्न एक जुट हुनुपर्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले थारु समुदायको पहिचान जोगाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।मोरङको बेलबारी नगरपालिकाको डांगिहाटमा थारु कल्याणकारिणी सभाको १० औं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै...

कोरोनामुक्त भएर काममा फर्किंदै बेलायती प्रधानमन्त्री जोन्सन

एजेन्सी, बैशाख १४-कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचार गराएर निको भएपछि उनी काम सुरु गर्न तयार भएको अधिकारीहरूले जनाएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्