कोरोनाबाट बिरामीको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा 

 न्यूज विराट
कोरोनाबाट बिरामीको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा 

पाल्पा, जेठ २३-पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेसन कक्षमा रहेका १ व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । २० जेठमा पूर्वखोला गाउँपालिका-१ सिलुवाका ४५ वर्षीय १ व्यक्तिको मृत्यु भएको थियो ।

उनको कोरोना नतिजा पोजिटिभ आएपछि बिहीबारदेखि नै अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिए ।

पाल्पामा सङ्क्रमित ५ मध्ये ५ जनालाई मिसन अस्पतालस्थित वृद्धाश्रमको आइसोलेसन वार्डमा राखिएको छ भने २ जना रामपुरको क्वारेन्टाइनमै रहेका छन् । रामपुरमा ५० शय्याको आइसोलेसन कक्ष निर्माण भइरहेको छ ।

बुधबार कोरोना संक्रमण देखा परेका २ युवालाई अहिले सीताराम माविकै क्वारेन्टाइनमा सुरक्षितसाथ राखिएको छ । उनीहरूलाई आज आइसोलेसन कक्षमा लगिने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

आगलागी पीडीतको घर निर्माणका लागि ३ लाख ७५ हजार सहयोग

विराटनगर । आगलागी पिडीतको घर निर्माणका लागि आर्थिक सहयोग गरेर नेकपा (एमाले) रंगेली नगर कमिटीले उदाहरणीय काम गरेको छ । रंगेली ३ स्थित बावुसाहेव टोलका आगलागी पिडीतको घर निर्माणका लागि ३ लाख ७५ हजार रुपैयाँ...

नेपाललाई नयाँ पार्टी खोल्न सुझाउँदै बिजुक्छेले भने – गठबन्धनलाई सरकारको विरोध गर्ने अधिकार छैन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ताका लागि भागवण्डाको खेलमा...

आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य

काठमाडौं, ६ साउन-सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइएको हो । सञ्चार तथा सूचना प्रविधि...

कृषि एक्स्पोको तयारी पुरा, पाँच ब्लकमा १३० वटा स्टल रहने

विराटनगर । प्रदेशमै पहिलो पटक कृषि एक्स्पो २०८१ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गते सम्म कटहरी कृषि थोक बजारमा एक्स्पो हुने भएको हो ।एक्स्पोको सम्पूर्ण...

विराट क्याम्पसको सम्पत्ति र दायित्व हस्तान्तरण

विराटनगर, ४ भदौ–विराटनगर–१४ स्थित को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रमका वीच क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका...

काठमाडाैं महानगरभित्र कोरोना भाइरसको परीक्षणमा तीव्रता

काठमाडौं महानगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ । महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको र्‍यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो ।...

कटहरीमा भएको विपद प्रतिकार्य तालिम सकियो

विराटनगर । मोरङको कटहरीमा दुई दिने संयुक्त सामुदायिक विपद प्रतिकार्य तालिम सकिएको छ । कटहरी गाउँपालिको आयोजना र श्री भैरव गण थलाहा ब्यारेकको समन्वयमा सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा कटहरी गाउँपालिका...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा साइकल वितरण

विराटनगर। २२ वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्रा र महिलाहरुलाई साइकल वितरण गरेको छ । क्लबले विराटनगरको खार्जी, बखरी, जहदा गाउँपालिकाको बुधनगर र सुनसरीको बर्जु गाउँपालिकाका छात्रा र महिलाहरुलाई एक÷एक थान साइकल वितरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्