विपन्न परिवारलाई राहत वितरण गर्दै राष्ट्रिय दलित पत्रकार संघले मनायो भेदभाव उन्मुलन दिवस

 न्यूज विराट
विपन्न परिवारलाई राहत वितरण गर्दै राष्ट्रिय दलित पत्रकार संघले मनायो भेदभाव उन्मुलन दिवस

विराटनगर, जेठ २१–राष्ट्रिय दलित पत्रकार संघ मोरङले विपन्न दलित परिवारलाई राहत वितरण गर्दै जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको सहयोग र परिवर्तनका लागि हातेमालो अभियान विराटनगरको समन्वयमा राष्ट्रिय दलित पत्रकार संघ मोरङले विपन्न दलित परिवारलाई राहत वितरण गर्दै दिवस मनाएको हो ।

१४ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका शन्दर्भमा मोरङको रंगेली–७ स्थित विश्वकर्मा टोलका सवै परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले जारी गरेको बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका विश्वकर्मा टोलका अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

राहत वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्माले मुलुक छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १४ वर्ष नाघे पनि दलित समुदाय माथि गरिने विभेदको अन्त्य नहुनु दुखद भएको बताए । उनले राज्यले विभेद अन्त्यका लागि बनाएका ऐन कानुनहरु कडाइका साथ कार्यान्वयन नहुँदा छुवाछुत तथा जातीय विभेद अन्त्य नभएको दावी गरे ।

अध्यक्ष विश्वकर्माले जातीय विभेद र छुवाछुत गर्नेविरुद्ध सरकार कडा ढंगले प्रस्तुत हुनुपर्ने र सरोकारवालाहरुले पनि खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले जातीय विभेदकै कारण रुकुम पश्चिम चौरजहारी हत्याकाण्ड भएको बताउँदै यस्ता घटना भइरहे जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको कुनै अर्थ नरहने बताए ।

उनले सो हत्या काण्डलाई क्रुर मानव नरसंहारको संज्ञा दिँदै दोषिलाई हदैसम्म सजायको माग गरे । अध्यक्ष विश्वकर्माले उक्त हत्या काण्डका दोषिलाई उन्मुक्ति दिन खोजिए सिंगो दलित समुदाय टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि दिए । सो अबसरमा परिवार्तनका लागि हातेमालो अभियान विराटनगरका अध्यक्ष तथा दलित अभियान्ता विनोद चाहार(परियार) ले संवैधानिक अधिकार रक्षाका लागि सिंगो दलित समुदाय एक जुट हुनुपर्ने बताए । उनले मुलुकमा विभेद र छुवाछुत अन्त्यका लागि दलित र गैरदलित विच हातेमालो गर्दै खबरदारी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष चाहारले दलित अधिकार संरक्षणका लागि सर्वपक्षिय खबरदारी अभियानका लागि समिति गठन गर्नुपर्नेमा जोड दिँदै केही समय भित्रै प्रदेश १ बाट त्यसको सुरुवात गरिने जानकारी दिए । दलित अभियान्ता वर्षा गजमेरले जातीय विभेद र छुवाछुत अन्त्यका लागि दलित समुदायलाई आर्थिकरुपले सवल बनाउनुपर्ने बताइन् । राहत वितरणमा रंगेली–७ कि वडा सदस्य रुपा विकले दलित अधिकार रक्षाका निम्ती सवै वडाका दलित महिला सदस्यहरुको क्षमता विकास गरिनुपर्नेमा जोड दिइन् ।

सो कार्यक्रममा विश्वकर्मा टोलका सवै परिवारलाई वडा सदस्य रुपा विक, संघका मोरङ अध्यक्ष किशोर विश्वकर्मा, उपाध्यक्ष खड्ग वेदना (परियार), परिवर्तनका लागि हातेमालो अभियान विराटनगरका अध्यक्ष विनोद चाहार, दलित अभियान्ता वर्षा गजमेर लगायतले चामल, दाल, खानेतेल लगायतका राहत सामाग्री सामाजिक दुरी कायम गर्दै वितरण गरेका थिए । २०६३ साल जेठ २१ गतेका दिन पूनस्र्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

सम्बन्धित समाचार

जातीयताको चौघेराबाट माथि उठेर मतदान गर्नुस्ः गच्छदार

विराटनगर, २५ वैशाख । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । बुढीगंगा गाउँपालिकामा सोमबार चुनावी सभामा बोल्दै उनले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला...

युवा उद्यम विकास र प्रवद्र्धनमा सहकार्य

विराटनगर । ओबी मिडिया प्रालि र नेपाली उद्यमी युवा मञ्च विराटनगर च्याप्टरबीच दुई पक्षीय सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । युवा उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्न दुई संस्थाबीच सम्झौता भएको हो । मञ्चका अध्यक्ष राघव कोइराला...

६ कम्युनिष्ट पार्टीले गरे भोली नेपाल बन्दको घोषणा

विराटनगर, ३ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीको विरुद्धमा विभिन्न छ वटा कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी, देशभक्त गणतान्त्रीक मोर्चा नेपाल, बैज्ञानिक समाजवार्दी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र नेकपा...

मिस कोशीको फाइनलमा २६ जना भिड्दै, कसको शिरमा पर्ला ताज ?

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको फाइनलमा २६ जना प्रतिस्पर्धीले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजनामा असारको अन्तिम साता हुने उक्त प्रतियोगिताको फाइनलमा २६ जना पुगेका हुन् । फाइनलमा...

ताप्लेजुङको हाप्पुखोला बृहत खानेपानी आयोजनको मन्त्री चौधरीले गरे उद्घाटन

विराटनगर, ९ फागुन । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित हाप्पुखोला बृहत खानेपानी आयोजनाको मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका छन् । आयोजना निर्माणको काम सम्पन्न भएपछि बुधबार मन्त्रप्ी चौधरीले उद्घाटन गरेका हुन् । सो अबसरमा मन्त्री चौधरीले आयोजना...

विराटनगरमा ७१ सहित प्रदेश १ मा एक सय १४ संक्रमित थपिए

विराटनगर, ८ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा २१, झापामा पाँच, उदयपुर र प्रदेश १ बाहिरका एक÷एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...

राप्रपाको एकता महाधिवेशन आजदेखि : अध्यक्षमा थापा र लिङ्देन प्रतिस्पर्धामा

काठमाडौँ, १५ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको...

रथ यात्रामा राजकुमार रौनियारद्धारा निःशुल्क सर्वद र प्रसाद बाडिने

विराटनगर । विराटनगरमा भोली निकालिने दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्रा रौनियार सेवा समाजका केन्द्रीय सदस्य तथा विराटनगरका संयोजक राजकुमार रौनियारले निःशुल्क सर्वद पानी र प्रसाद वितरण गर्ने भएका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्