थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ३०० पुग्यो

 न्यूज विराट
थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ३०० पुग्यो

काठमाडौं, २१ जेठ-बुधबार थप २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय १ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ३ सय पुगेको छ । उनका अनुसार २ सय १ सय ३९ जना पुरुष र १ सय ७० जना महिलामा संक्रमण देखिएको छ ।

प्रवक्ता डा. देवकोटाले आज थप १२ जना कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किएको बताए । बुटवलस्थित कोरोना विशेष अस्पतालबाट १ स्वास्थ्यकर्मीसहित ४ जनाले कोरोनालाई जितेका छन् । जनकपुर अस्पतालबाट धनुषा, महोत्तरी र सर्लाही ५ जना डिस्चार्ज भएका छन् ।

टेकु अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । बलम्बुबाट रौतहटका १ जना डिस्चार्ज भएका छन् । त्यसैगरी, टिचिङ अस्पतबाट कपिलवस्तुकी बालिका डिस्चार्ज भएकी हुन् ।  डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ । डिस्चार्ज हुनेमा २ सय २२ जना पुरुष ५६ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार पीसीआर विधिबाट ८० हजार २ सय ६७ नुमना परीक्षण गरिएको छ । आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ जनाको परीक्षण गरिएको छ ।

त्यसैगरी, २४ घण्टाको अवधिमा पीसीआर विधिबाट ४ हजार ९ सय २४ नमुना परीक्षण गर्दा आरडीटी विधिबाट  ४ हजार २४  जनाको परीक्षण गरिएको छ । देशका विभिन्न स्थानमा १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टाइन रहेका छन् ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा ३३० संक्रमित थपिए, ३२ जना डिस्चार्ज

विराटनगर, २० असोज–प्रदेश १ पछिल्लो २४ घण्टामा ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा दुई सय १०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा तीन, उदयपुरमा दुई,...

अफताब आलमको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दामा आज सुनुवाई तोकिएको छ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको...

प्रदेश २ मा ५० वटा भेन्टिलेटर र २ वटा पीसीआर थप्न निर्देशन

कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेश २ भरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ । मुख्यमन्त्री लालबाबु राउत संयोजकत्वको निर्देशक समितिले आज सो निर्देशन...

गगन थापालाई कोरोना संक्रमण

काठमाडौं, १७ असोज-प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको उनले जानकारी गराए । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र...

कोरोनाबाट ६ जनाको मृत्यु

काठमाडौं, ३ भदौ=पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा....

बाँतर जातीको पुर्खा गेड बाबा मन्दिर शिलान्यास

विराटनगर, जेठ १८–नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आ–आफ्नै रीतिरिवाज र संस्कृति रहेका छन् । त्यसमध्येको एक हो बाँतर जाती । विशेष गरी तराईमा बसोबास गर्ने यो जातीको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ ।...

तेहरानको स्वास्थ्य क्लिनिकमा बिस्फोट, १९ जनाको मृत्यु

एजेन्सी, असार १७-इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका...

‘क्लिन फिड’ कार्यान्वयनमा आएपछि ३० प्रतिशतसम्म शुल्क बढ्ने

काठमाडौं, १५ कात्तिक-विज्ञापनरहित (क्लिन फिड) पूर्णरूपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरूले बताएका छन् । विदेशी च्यानलले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरूको छ । यसबाहेक विज्ञापन नीति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्