पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाका १ जनाको मृत्यु

 न्यूज विराट
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाका १ जनाको मृत्यु

पोखरा, १९ जेठ-पोखरामा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका खड्कबहादुर कार्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतबाट आएर फेदीखोला गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा ५ दिन बसेपछि स्वाब परीक्षणमा नेगेटिभ देखिएपछि घर फर्किएका कार्कीको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

शुक्रबार उनको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएको पश्चिमाञ्चल अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । आइतबार साँझ उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएपछि थप परीक्षणका लागि स्वाब पुन: संकलन गरिएको उनले बताए ।

‘पीसीआर रिपोर्टमा नेगेटिभ आएपछि घरमा गएका कार्कीको अन्य रोगका कारण मृत्यु भएको हुन सक्छ,’ उनले भने, ‘कोरोना भाइरस नेगेटिभ देखिएको थियो । फेरि पनि हामीले कोरोना परीक्षणका लागि स्वाब लिएका छौँ ।’ मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट बागमती प्रदेशमा मात्रै ३ जनाले ज्यान गुमाए

हेटौँडा, २४ जेठ-कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका...

खार्जीस्थित ज्योति आधारभूत विद्यालयमा चित्रकला प्रतियोगिता

विराटनगर, १७ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालयमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । शुक्रबार क्लबले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खेलकुद, चित्रकला तथा हस्तलेखन प्रतियोगिता आयोजना गरेको...

क्यान्सरविरुद्ध विराटमा भव्य जनचेतना मुलक कार्यक्रम

विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्ध एकै दिन १५ वटा सचेतना मुलक कार्यक्रम गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार ‘आशा क्लोज द केयर ग्याप’...

प्रचण्ड-नेपाल समूहको आमहड्तालका कारण परीक्षा रोकिँदैन : त्रिवि

त्रिभुवन विश्वविद्यालयले आमहड्तालका कारण परीक्षा नरोकिने स्पष्ट पारेको छ । नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्ताल घोषणा गरेपछि त्रिविले परीक्षा नरोकिने बताएको हो । ‘आमहड्तालले परीक्षा रोकिँदैन । आमहड्ताल घोषणा गरेको पक्षबाट परीक्षालाई असर नपार्ने भन्नु...

सर्वोच्चको आदेशपछि वामदेवले भने : मेरो मनोनयन पद र प्रतिष्ठासँग गाँसिएको थिएन

काठमाडौं, २६ कात्तिक-सर्वोच्च अदालतले मन्त्री बन्ने बाटो खोलिदिएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले खुशी व्यक्त गर्दै सबैलाई आभार व्यक्त गरेका छन् । राष्ट्रियसभा सदस्य पदमा मनोनयन र शपथलगत्तै उनलाई थप संवैधानिक...

सुनको भाउ ताेलामा ४ सय रुपैयाँ घट्याे

काठमाडाैं, ७ भदौ-सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको...

फागुन २ को संसद बैठक सार्न एमालेको आग्रह

काठमाडौं, माघ २७ । नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ ।एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो...

समता स्कुलको काव्य कार्यक्रम लाहानमा सकियो

विराटनगर । समता स्कुल इष्टर्न कन्सोर्टिजम अध्याय ४ सिरहाको लाहानमा सम्पन्न भएको छ । समता स्कुलले इलाम, झापा, इटहरी र लाहानको समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा काव्य क्षमताको विकास गराउने उद्देश्यले समता स्कुलले उक्त कार्यक्रमको आयोजना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्