समता स्कुलको काव्य कार्यक्रम लाहानमा सकियो

 न्यूज विराट
समता स्कुलको काव्य कार्यक्रम लाहानमा सकियो

विराटनगर । समता स्कुल इष्टर्न कन्सोर्टिजम अध्याय ४ सिरहाको लाहानमा सम्पन्न भएको छ । समता स्कुलले इलाम, झापा, इटहरी र लाहानको समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा काव्य क्षमताको विकास गराउने उद्देश्यले समता स्कुलले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कन्सोर्टियमका संयोजक एवम् समता स्कुलका साहित्य दुत वरिष्ठ कवि विमल वैद्य, वरिष्ठ कवि निमेष निखिल, समता स्कुलका संयोजक सन्देश श्रेष्ठ लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा स्थापित युवा साहित्यकारहरू नानुमैया दाहाल, जीवन आरोही, रोयाण्टर मण्डल, अर्जुनप्रसाद गुप्ता, दर्दिला झा, सुमन घिमिरेले कविता वाचन गरेका थिए ।
कार्यक्रमको औचित्यबारे बरिष्ठ कवि विमल वैद्यले प्रष्ट्याए । उनले समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा भाषा, कला, संस्कृति र साहित्यसम्बन्धी ज्ञानको दायरालाई फराकिलो बनाउने उद्देश्यले स्कुलले यस लिटरेचर फेस्टिबलको आयोजना गरेको बताए । कवि निमेष निखिलले साहित्य र विद्यार्थीको सम्बन्धको सम्बन्धमा प्रकाश पारे । उनले साहित्यले आलोचनात्मक चेतसहितको फराकिलो दृष्टिकोणको विकास गराउने भएकोले विद्यार्थीलाई साहित्यबाट निरपेक्ष राख्न नसकिने बताए ।

कार्यक्रममा समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूले पनि गायन, नृत्य तथा अन्य कलात्मक प्रस्तुतिहरू पस्किएका थिए । साहित्यको संसारमा प्रेरणाको दियो भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रमको अध्यक्षता समता स्कुल लाहानका प्रिन्सिपल कमल तामाङले गरेका थिए ।

सम्बन्धित समाचार

विश्वभर अक्सिजन अभाव भएको डब्लुएचओको चेतावनी

एजेन्सी, असार ११-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभरमा कोरोना संक्रमितको संख्या एक करोड हाराहारीमा पुग्न लाग्दा अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेशिन) अभाव भइरहेको जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेससले एक पत्रकार सम्मेलनका क्रममा...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुने नेताहरूले बताएका...

कुर्सी रक्षार्थ पार्टी फुटाउने प्रधानमन्त्री ओलीको कसरतबाट जोगियौँ : राजेन्द्र महतो

काठमाडौं, ११ वैशाख-नेता राजेन्द्र महतोले २ पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भई बनेको ‘जनता...

मानव सेवा आश्रममको भवन निमार्णमा समाजसेवी गोयलद्धारा ५ लाख ११ हजार सहयोग

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रमको भवन निमार्णको लागि समाजसेवी उद्योगी दिनाबन्धु गोयलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरि भवन निमार्णको लागि...

मोटरसाइकल र प्रेमिकाको विषयमा विवाद हुँदा साथीको हत्या 

पोखरा, २ असार-पोखराका एक युवाको हत्या भएको रहस्य खुलेको छ । नयाँ मोटरसाइकल किनेको खुसियालीमा साथीहरूलाई पार्टी दिने क्रममा बाइक र प्रेमिकाका बारेमा बढेको विवादले उग्र रूप लिएपछि सँगै पार्टीमा रमाएका साथीहरूले नै अमित रसाइलीको...

सम्झना कार्की भइन् मिसेस कोशी

विराटनगर । विराटनगरकी सम्झना कार्कीले चौथो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस कोशीको उपाधि जितेकी हुन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न भएको प्रतियोगितामा मोरङ...

प्रदेश १ का बिभिन्न ठाँउमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, ५ जना घाईते

विराटनगर, १ असोर ।हिजो १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । हिजो दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाऊपालिका ३ कोशीराजमार्गमा बा...

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि प्रस्तावलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्