आज १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय कट्यो

 न्यूज विराट
आज १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय कट्यो

काठमाडौं, १८ जेठ-आइतबार नेपालमा १ सय ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । आज पुष्टि भएका संक्रमितमध्ये १ जना ६२ पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरूमध्ये १ जना तनहुँ र २ जना स्याङ्जाका हुन् ।

नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरू पर्साका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।  उनीहरू कालिकोट १८, दैलेख १८, बाजुरा १ रहेका छन् ।

सुर्खेतमा गरिएको अर्को परीक्षणमा २६ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरू सल्यान, २५ जना, सुर्खेत १ रहेका हुन् । धुलिखेलामा गरिएको परीक्षणमा १ जना पोजेटिभ आएको छ । उनी कपिलवस्तुका हुन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । सबै बाँके जिल्लाका हुन् ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ आएको छ । उनीहरू सबै सप्तरीको राजविराजका हुन् । सेती अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । उनीहरू कैलाली ३ जना, बाजुराका  २ जना रहका छन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा पनि ५ जनामा पोजिभ बएको छ । उनीहरू झापाका ४ जना र मोरङका १ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा आइतबार सबैभन्दा बढी ६४ जनामा पोजेटिभ देखिएको छ । उनीहरू मध्ये धनुषाका २१ जना, कपिलवस्तुका ४ जना, रौतहटका २९ जना, सर्लाहीका १० जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थप १ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएको छन् । आज चितवनमा उपचाररत महिला डिस्चार्ज भएकी हुन् । डिस्चार्ज हुनेको संख्या २ सय २० पुगेको छ । डिस्चार्ज हुनेमा १ सय ७२ जना पुरुष रहेका छन् भने ४८ जना महिला रहेका छन् ।

आइतबारसम्म ६९ हजार ५ सय ८२ नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ । १ लाख ११ हजार १ सय ९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा २ हजार ८ सय ५३ नमुनाको परीक्षण गरिएको छ भने ४ हजार ५४ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

देशभर क्वारेन्टाइनमा १ लाख १९ हजार १ सय ९२ रहेको छ । आजसम्मको विवरणअनुसार सम्भावित संक्रमित र संक्रमित गरी १ हजार ३ सय ४९ देशका विभिन्न स्थानमा रहेका अस्पतालका आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार

नेपालले संशोधित नक्सा राष्ट्रसंघलाई उपलब्ध गराउने

काठमाडौं, २८ साउन-गत ३१ जेठमा संघीय संसदले संशोधन गरेको नेपालको नयाँ नक्सालाई संयुक्त राष्ट्र संघमा पठाईने भएको छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले त्यसका लागि बिहीबार औपचारिक रुपमा पत्रमा हस्ताक्षर गरेपछि संशोधित नक्साको जानकारी राष्ट्र...

मन्त्री नआएपछि गण्डकीमा एमालेले गर्‍यो संसद् बैठक अवरुद्ध

गण्डकी प्रदेशसभा बैठक एमालेले अवरोध गरेको छ । मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको हो । `बैठकमा मन्त्री आउनुपर्ने थियो । तर, एक जना पनि हुनुभएन । त्यसैले...

बेलबारीमा एक बालिकालाई बलात्कार गरि फरार व्यक्ति ११ महिना पछि पक्राउ

विराटनगर, २५ साउन । मोरङको बेलबारीकी एक बालिकालाई बलात्कार गरी फरार रहेका एकजना युवा ११ महिनापछि पक्राउ परेका छन् । जंगलमा निगुरो टिप्न गएकी बेलबारी लक्ष्मीमार्गकी एक बालिकाकाई बलात्कार गरेर फरार भएका बेलबारी ११ का...

हुण्डी कारोबारीसँग रकम असुल्ने २ प्रहरी पक्राउ

काठमाडौं, १० असार -महानगरीय अपराध महाशाको टोलीले हुण्डीकाे कारोबारमा संलग्न रहेको आरोपमा २ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकाहरू सादा पोशाकका प्रहरी रहेको महाशाखाले जनाएको छ । अपराध महाशाखा स्रोतका अनुसार पक्राउ पर्ने...

इन्धनको मूल्य घट्दैन :आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले पत्रकार सम्मेलन गरेर नेपालमा मूल्य नघट्ने जानकारी दिएको हो । निगमको मासिक घाटा तथा ईण्डियन आयललाई...

शशांक कोइरालाले जिते कोरोना

काठमाडौं,  ८ असोज-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमणमुक्त भएका छन्। उनका स्वकीय सचिव भरत तिवारीले महामन्त्री कोइरालाको पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । कोरोना संक्रमण भएपछि घरमा नै होम आइसोलेशनमा...

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ । नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो...

पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन

दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्