आफ्नै पार्टीबाट निकालिए विकासवादी नेता महाथिर

 न्यूज विराट
आफ्नै पार्टीबाट निकालिए विकासवादी नेता महाथिर

एजेन्सी, जेठ १७-मलेसियाका विकासवादी तथा लोकप्रिय नेता पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद आफ्नै पार्टीबाट बर्खास्त भएका छन् । बरसातु पार्टीबाट महाथिर, उनका छोरा र अन्य तीन जना वरिष्ठ नेताहरु निस्कासनमा परेका हुन् । यद्यपि ९४ वर्षीय महाथिरले पार्टीको सो निर्णयविरुद्ध चुनौती दिने भएका छन् ।

उनले गत फेब्रुअरीमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि मोहिउद्दिन यासिन मलेसियाको प्रधानमन्त्री बनेका छन् । मोहिउद्दिन उनकै पार्टीका नेता हुन् र उनलाई सो पार्टीको विरोधका बाबजुद प्रधानमन्त्री बनाइएको थियो ।

त्यसपछि पार्टीमा विवाद आएर दुई धारमा बाँढिएको छ । यसै क्रममा पार्टीका अध्यक्षका लागि महाथिरका छोरा मुखरिज महाथिरले मोहिउद्दिनलाई चुनौती दिएका थिए । तर कोरोना भाइरसका कारण पार्टीको अध्यक्ष पदका लागि हुने निर्वाचन रोकिएको छ ।

पार्टीबाट बर्खास्त गरिएपछि महाथिर, उनका छोरा र अन्य चार जनाले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बरसातू अध्यक्षले हामीलाई कुनै ठोस कारण बिना हामीलाई बर्खास्त गरेका छन् । यसल एकातर्फ पार्टीको चुनावलाई लिएर उत्पन्न डरलाई देखाउँछ । अस्थिर प्रधानमन्त्रीका रुपमा मोहिउद्दिनले आफ्नो असुरक्षित स्थितिका कारण यो कदम उठाएका हुन् ।’

उनले पार्टी अध्यक्षको कदम गलत भएको भन्दै यसकाविरुद्ध चुनौती दिने र कानुनी उपाय समेत खोज्न सक्ने बताएका छन् । मलेसियामा महाथिर र अनवर इब्राहिमबीच सत्तारुढ ‘प्याक्ट अफ होप’ गठबन्धन टुटेपछि सत्ताको संघर्ष चर्किएको हो ।

यो गठबन्धनले दुई वर्षअघि नजीब रजाकको सरकारविरुद्ध ऐतिहासिक जीत हासिल गरेका थियो । यसपछि महाथिर दोस्रो पटक मलेसियाको प्रधानमन्त्री बनेका थिए ।

तर उनले फेब्रुअरीमा राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको दौड सुरु भएको थियो । जसमा मलाय मुस्लिम बुहसंख्यकहरुको साथ रहेका यासिनले बाजी मारेका थिए ।

सम्बन्धित समाचार

विराटनगर ८ मा डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरु

विराटनगर । प्रकोपको रुपमा डेङ्गी रोग फैलिन थालेपछि विराटनगर महानगरपालिकाले रोग लाग्न नदिन सावधानी अपनाउन थालेको छ । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत वडा कार्यालयले आज खोज...

आरडीटीका लागि मुस्लिम पहिचान गरिँदै

काभ्रेपलाञ्चोक, ९ वैशाख-स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गरिरहेका हुन् ।...

अब भ्याक्सिनको क्याम्पेन नै चल्ने छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरुद्धको खोप लगातार आउने बताउँदै भ्याक्सिनको क्यम्पेन नै चल्ने उल्लेख गरेका छन् । नेपाल भ्याक्सिन पाइएन भन्ने अवस्थाबाट अगाडि बढेको उनले बताए । त्रिशुली- ३ बी प्रसरण लाइन र सबस्टेसनको...

मोरङमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट  १ जनाको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले  ठक्कर...

कोरोना रोकथाम र उपचारमा देशभरका ५० हजार स्वयंसेविका परिचालन गरिने

सरकारले मुलुकभर भएका ग्रामिण स्वास्थ्य स्वंयम सेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ ।कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आईतबार साँझ बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंम सेविकाहरुलाई उचित प्रोत्साहन भत्ता...

पछिल्लो २४ घण्टामा देशभर ५०० संक्रमित थपिए

विराटनगर, ११ पुस-पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २१३ महिला र २८७ जना पुरुष रहेका छन् । हालसम्म नेपालमा २...

प्रेस यूनियन मोरङको अध्यक्षमा पौडेल निर्वाचित

विराटनगर । नेपाल प्रेस यूनियन मोरङको अध्यक्षमा बेदराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनको मत परिमाण अनुसार पौडेलले ६७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी सुशिला पाठकले ६१ मत...

कोरोना नियन्त्रणमा प्रदेश २ गैरजिम्मेवार भएको प्रभु शाहको आरोप

काठमाडौं, २९ चैत-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश-२ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश २ सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष साहले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्