काठमाडौं, १७ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदबाट अमेरिकन सहयोग एमसीसी अनुमोदन नहुँदासम्म एमसीए नेपालअन्तर्गतका कामलाई तत्काल रोक्ने निर्णय गरेको छ । शनिबार बसेको नेकपा सचिवालय बैठकले संसदबाट एमसीसी अनुमोदन हुने/नहुने निर्णय नहुँदासम्म एमसीए नेपालअन्तरगतका काम अहिलेलाई स्थगित गर्ने निर्णय गरेको हो ।
‘एमसीएअन्तर्गत जति अनुमोदन भएपछि मात्र गर्ने सकिने काम छन्, त्यस कामलाई अनुमोदन भएपछि मात्रै गर्ने र त्यसबाहेका अरू कामहरू अनुमोदन नगर्दासम्म गर्नुपर्ने काम रोक्ने निर्णय गरेको छ’ बैठकका बारेमा जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘प्रधामन्त्रीले बुझेर त्यसबारेमा आवश्यक निर्देशन दिनुहुने छ ।’
उनले कार्यदलले बुझाएको प्रतिवेदनबाट पार्टीमा छलफल गरेर पछि आवश्यक निर्णय लिने पनि उनले बताए । बजेटमा प्रस्तुत गर्दा अनुसूचीमा राखिएको एमसीसी योजनाको स्पष्टका बारेमा छलफल भएको र विचाराधीन अवस्थामा रहेकाले संसदले पारित गरेपछि मात्रै अगाडि बढाइने उनले बताए ।
सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड र सबै सदस्यका साथै एमसीसी अध्यन कार्यादलका सदस्यहरू परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीमबहादुर रावलका र अर्थमन्त्री डा. युवराज खतिवडाको पनि सहभागी रहेका थिए ।