लुकाएर राखिएको ११ हजार मास्क र ४ सय सेनिटाइजर बरामद

 न्यूज विराट
लुकाएर राखिएको ११ हजार मास्क र ४ सय सेनिटाइजर बरामद

विराटनगर, चैत ९–अगुगमन टोलीले विराटनगर महानगरपालिका–९ घोगापैनीस्थित श्री सर्जीइम्पेक्समा कालोबजारी गर्न लुकाएर राखिएको अवस्थामा ठुलो परिमाणमा मास्क र सेनिटाइजर बरामद गरेकोे छ । अनुगम टोलीले आइतबार छापा मारेर लुकाएर राखिएको ११ हजार थान बढि सर्जिकल मास्क र ४ सय सेनिटाइजर बरामद गरेको हो ।

विराटनगर बजारमा सर्जिकल मास्क र सेनिटाइजरको कालोबजारी भइरहेको बिषयमा सरोकारवालाहरुले गुनासो गरिरहेको बेला विराटनगर महानगरपालिकाका प्रतिनिधी, औषधी व्यवस्था विभाग र प्रहरी समेत सम्मिलित अनुगमन टोलीले छापा मारेर मास्क र सेनिटाइजर बरामद गरेको हो ।

अनुगमन टोलीले सर्जिकल सामान र औषधीको थोक विक्रेता रहेको श्री सर्जीइम्पेक्सको गोदाममा लुकाएर राखेको मास्क र सेनिटाइजर बरामद गरेको औषधी व्यवस्था विभागका निमित्त प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए ।कोरोना भाइरस संक्रमणविरुद्ध सर्वसाधारणले प्रयोग गर्ने मास्क र सेनिटाइजरलाई अत्यावश्यक वस्तुसरह लिइएको छ ।

तर औषधी विक्रेताहरुले भने प्रकोपको बेलालाई समेत ‘कमाउ धन्दा’ का रुपमा प्रयोग गर्न खोजेको पुष्टि भएको छ । राजेश अग्रवाल सञ्चालक रहेको श्री सर्जिइम्पेक्सबाट बरामद सेनिटाइजरमा एमआरपी मुल्यसमेत नखुलेको अवस्थामा भेटिएको हो । अनुगमन टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

कोशीकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले लिइन् शपथ

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) की एक्ली प्रदेश सांसद निर्मला लिम्बूले शपथ लिएकी छिन् । उनलाई प्रदेश प्रमुख प्रशुराम खापुङ्बाट पद तथा गोपनीयताको शपथ शुक्रबार गराएका हुन् । मुख्यमन्त्री उद्धव...

डनबस्को स्कुलमा विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगर – १ मा रहेको डनबस्को स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी विज्ञान प्रर्दशनी गरिएको हो ।विज्ञान प्रर्दशनीको उदघटन विराटनगर १ का कार्यवहाक अध्यक्ष लक्ष्मी...

बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु

विराटनगर, १२ असार । उदयपुर ताप्लि २ घर भई हाल लिमचुङबुङ ३ दोबाटे स्थित बस्दै आएका २५ बर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो १ बजे भैसी चराउन गएका परियारको सोही...

जीपी कोइराला फाउण्डेशनमा ई–लाइब्रेरी

विराटनगर, चैत ७–विराटनगरस्थित जीपी कोइराला फाउण्डेशनमा ई–लाइब्रेरी स्थापना गरिएको छ । गिरिजाप्रसाद कोइरालाको १० औं स्मृतिको दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा फाउण्डेशनकी केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले इलाइब्रेरीको उद्घाटन गरिन् । लाइब्रेरीमा शिक्षा, स्वास्थ्य,...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

विराटनगर, १३ मंसिर–प्रदेश १ मा शनिबार १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा छ, धनकुटामा चार, उदयपुरमा दुई, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा एक÷एक र...

त्रिविको वार्षिक परीक्षा नराेकिने, सेमेस्टरबारे अध्ययन हुँदै

काठमाडौं, १५ असार-त्रिभुवन विश्वविद्यालयका सबै वार्षिक परीक्षा स्थिति सामान्य भएपछि हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा केही ढिला भए पनि गरिने बताए । ‘वार्षिक परीक्षा रोकिँदैन । मूल्याङ्कनलाई आधार मानेर हुँदैन...

नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गयो : मन्त्री यादव

विराटनगर, १० पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गर्नुभयो ।...

बामदेव गौतमको घोषणा : म कुनैपनि गुटमा छैन

दाङ, मंसिर ६–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कार्यकर्ता माझ पुगेपछि भने आफु कुनै गुटमा नरहेको स्पष्टिकरण दिएका छन् । सचिवालय बैठकमा दोस्रो वरियताका अध्यक्षको पक्षमा लागेको भनिएका उपाध्यक्ष गौतमले आफू पार्टीको कुनै गुटमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्