सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, १७ जेठ-सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये १ जना महिला पनि रहेकी छिन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाक्नेश्वरी नगरपालिकाका १ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

९ जना थपिएसँगै डाक्नेश्वरीमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । शनिबार थपिएकामध्ये सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताए ।

शनिबार बिहानसम्म जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ । संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । तर, जिल्लामा संक्रमितलाई राख्न आइसोलेसन कक्षको भने अभाव छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जनालाई राखिएको छ । बाँकी संक्रमितलाई सम्बन्धित पालिकाकै क्वारेन्टाइनमै राखिँदा अन्यमा पनि कोरोना संक्रमण फैलिने हो कि भन्ने चुनौती थपिएको छ । शनिबार साँझसम्म नयाँ ठाउँमा आइसोलेसन कक्ष बनाउने गरी तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा

काठमाडौं, २८ जेठ-सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा भएको छ । मानवस्रोत तथा प्रशासन बिभागमा पुष्पराम केसी, सशस्त्र एकेडेमीमा नारायणबाबु थापा र कार्य तथा सिमा सुरक्षा बिभागमा रामशरण पौडेलको सरुवा भएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले...

विराटनगर महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला,...

प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परिक्षण

विराटनगर, बैशाख ८–प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ...

साउदीमा अनिश्चितकालका कर्फ्यूको अवधि बढाउने निर्णय

एजेन्सी, चैत ३०--साउदी अरबले मुलुकभर लगाएको कर्फ्यू अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को नियन्त्रणका लागि भन्दै साउदी सरकारले अर्को सूचना नआएसम्मका लागि कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।...

५५ दिनपछि यसरी जुर्यो केपी–माधवको भेटबार्ता

काठमाडौं, असार २३ । सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ । ओली र नेपालबीच आज साँझ नक्सालस्थित मेरियट होटलमा प्रत्यक्ष भेटबार्ता भएको हो...

ओली-प्रचण्डबीचकाे छलफल सुरु

काठमाडौं, ९ भदौ-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल सुरु भएको छ । दुबै अध्यक्षबीच नेकपा कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएकाे हाे । ३०...

अब जोन्सनको खोप १८ वर्ष माथिकालाई पनि दिइने

काठमाडौं, ६ साउन । काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य...

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

झापा, २५ असोज-झापामा आफ्नै श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाँउपालिका- २ त्रिवेणी चोक बस्ने  ३४ बर्षीय रामजी थापा रहेका छन् । प्रहरीका अनुसार थापाले शनिबार साँझ पौने ६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्