रुकुम हत्याकाण्डको विरोधमा उर्लाबारीमा प्रदर्शन

 न्यूज विराट
रुकुम हत्याकाण्डको विरोधमा उर्लाबारीमा प्रदर्शन

विराटनगर, जेठ १५-जातकै कारण रुकुम पश्चिममा दलित युवक नवराज विक सहित चारजनाको हत्या भएको भन्दै मोरङको उर्लाबारीमा विरोध प्रदर्शन गरिएको छ ।

दलित संघर्ष समिति, विश्वकर्मा सेवा समिति उर्लाबारी, राष्ट्रिय दलित पत्रकार संघ मोरङलगायत संघ संस्थाका दलित अगुवाहरुले विरोध प्रदर्शन गरेका हुन् । स्थानीय दलित अगुवा तथा राजनीतिक दलका नेता–कार्यकर्ताकहरूको सहभागितामा उर्लाबारी नगरपालिकाको मंगलबारेमा बिहीबार भेला भएर प्लेकार्डसहित प्रदर्शन गरिएको हो ।

सामाजिक दुरी कायम गर्दै सयौँको संख्यामा उपस्थित उनीहरुले ‘जातीय आधारमा हत्या कहिलेसम्म? हामी कहिलेसम्म मौन बस्ने ? जवाफदेही को ? मान्छे मान्छेमा के फरक छ र ? संविधानले दिएको अधिकार कहिलेसम्म उल्लंघन गर्ने ?’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै उर्लाबारी नगरपालिका–३ वडा सदस्य सम्झना नेपालीले जातीय विभेदको आधार चौरजहारीमा जघन्य अपराध भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाहीको माग गरिन् ।

घटनालाई सत्ता र शक्तिको आडमा ढाकछोप र अपव्याख्या नगर्न आग्रह गर्दै उनले त्यसो गरिए दलितसमुदाय कडा संघर्षमा उत्रने चेतावनी समेत दिइन् । कोणसभामा बोल्दै विश्वकर्मा समाज सेवा समिति उर्लाबारीका अध्यक्ष खड्गबहादुर सुनारले उक्त घटना मानवताविरुद्धको क्रुर अपराध भन्दै सो घटनाले नेपाललाई विश्वमै कलंकित र लज्जित बनाएको बताए ।

दोषीलाई कारवाही र पीडितले न्याय नपाएसम्म सो घटना नसेलाउने भन्दै सरकारले यसलाई गम्भीर रुपमा लिनुपर्ने उनले बताए । रुकुमको चौरजहारीकी सुष्मा ठकुरी र जाजरकोटका नवराज बिश्वकर्माले अन्र्तजातिय बिवाह गर्न लागेको भन्दै गएको जेठ १० गते केटी पक्षले प्रेमी नवराज र उनका साथीहरुलाई कुटपिट गरेर हत्या गरेका थिए । नवराजसहित ४ जनाको शव भेरी नदीमा मृत अवस्थामा फेला परिसकेको छ । अझै २ जना बेपत्ता रहेकाले खोजि कार्य जारी रहेको जनाइएको छ ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र
घटनाको विरोधमा दलित अधिकारकर्मीहरुले इलका प्रशासन कार्यलयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । दोषीलाई कारवाही, मृत्यु भएका युवाहरूलाई सांस्कृतिक शहीद घोषणा र घटनाको निष्पक्ष छानविनका लागि संसदिय समिति गठनको माग गर्दै ज्ञापनपत्र बुझाइएको राष्ट्रिय दलित पत्रकार संघ मोरङका सचिव तिलक बर्देवाले बताए ।

सम्बन्धित समाचार

आज विराटनगमा १६१ जनामा कोरोना संक्रमण

विराटनगर, ९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक...

पूर्वमन्त्री यादवले गरिदिए ५० पत्रकारको कोरोना बिमा

जनकपुरधाम, २३ जेठ-नेपाल पत्रकार महासंघ धनुषाले जिल्लाका ५० पत्रकारको कोरोना बिमा गरेको छ । बिमाको लागि आवश्यक रकम भने पूर्वमन्त्री एवं संघीय सांसद मातृकाप्रसाद यादवले गरेका हुन् । कारोना महामारीको उच्च जोखिममा रहेर आम नागरिकको...

मोरङको कानेपोखरी गाउँपालिकाको जनमुखी साकोसबाट सवा ५ लाख चोरी

मोरङ – मोरङको कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट शनिवार राति ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको छ। साकोसको पूर्वपटिको झ्यालको पल्ला फुटाएर झ्यालको ग्रिल...

धरानमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु

सुनसरी, १३ असोज-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका...

माधव नेपाल समीकरण भन्दा बाहिर नजाने प्रचण्डको दावी

विराटनगर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर...

विराटनगरमा भारतको ‘महालक्ष्मी रथयात्रा’

विराटनगर । भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ विराटनगरमा शोभा यात्रा निकालिएको छ । विराटनगरमा रहेका नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल युवा मंच, नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचले आईतबार विराटनगरमा महालक्ष्मी...

तेली कल्याण समाज विराटनगरको अध्यक्षमा संजय कुमार साह

विराटनगर । तेली कल्याण समाज नेपाल विराटनगर महानगरको अध्यक्षमा संजय कुमार साह चयन भएका छन् ।विराटनगरमा भएको प्रथम अधिवेशनबाट साह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा नन्द गोपाल साह, सचिब जगत लाल साह,...

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा

धनगढी, १९ जेठ-सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् । सुदूरपश्चिम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्