गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा २ सय ३३ कैदीको सजाय मिनाहा

 न्यूज विराट
गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा २ सय ३३ कैदीको सजाय मिनाहा

काठमाडौं, १५ जेठ-गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ जना कैदीको बाँकी कैद सजाय माफी मिनाहा दिएकी छन् ।

नेपालको संविधान धारा २७६, फौजदारी कसुर औसजाय निर्धारण तथा कार्यान्वयनओ ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहितका कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा कपिलदेव साह कानुसमेतका ८ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिमाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ । रासस 

सम्बन्धित समाचार

आज देशभर ७९८९ ले जिते कोरोना, ८१७३ संक्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार ७ हजार ९८९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै देशभर थप...

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

काठमाडौं, साउन २१-सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर...

विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गरिएको छ । भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालालाई महानगरले स्वागत गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...

प्याब्सन र न्यूरोबीच समझदारी, न्यूरोले सौलियतमा उपचार गर्ने

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच समझदारी भएको छ । सझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सौलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको...

७ दिनमा लुक्लाबाट ५१७ जनाको उद्दार, ४ दिनमा १५ सय बाहिरिए

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशलाई लकडाउन घोषणा गरेको छ ।११ चैतबाट लकडाउन लागू भएकोमा १२ चैतमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वयन समितिको बैठकले विभिन्न ठाउँमा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याउने निर्णय...

प्रधानमन्त्री‍ ओलीले डाके सर्वदलीय बैठक

काठमाडौं, १३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सर्वदलीय बैठक डाकिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक...

आजदेखि मुलुकभर ‘स्मार्ट लकडाउन’ कार्यविधि लागू

काठमाडौं, १ भदौ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।...

शशांक कोइरालाले जिते कोरोना

काठमाडौं,  ८ असोज-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमणमुक्त भएका छन्। उनका स्वकीय सचिव भरत तिवारीले महामन्त्री कोइरालाको पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । कोरोना संक्रमण भएपछि घरमा नै होम आइसोलेशनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्