रूकुम घटनाका पीडितलाई कर्णाली प्रदेशले राहत दिने थप

 न्यूज विराट
रूकुम घटनाका पीडितलाई कर्णाली प्रदेशले राहत दिने थप

सुर्खेत, १३ जेठ-कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनलाई सम्बोधन गर्दे रुकुम जिल्लामा घटेको घटना दुःखद भएको बताएका छन् । एक्काइसौँ शताब्दीमा पनि जातका नाममा भएको यो घटनाले प्रदेश सरकारलाई स्तब्ध भएको बताए ।

घटनाको सत्य तथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरि काम अगाडि बढाइसकेको र प्रदेश सरकारको तर्फबाट छानबिन, दोषीमाथि कारबाहीका लागि निर्देशन दिइसकिएको बताए ।

‘मृतक परिवारलाई उचित राहत प्रदान गरिनेछ’ उनले भने, ‘२१औँ शताब्दीमासमेत जातीय सद्भावविरूद्धका यस्ता घटना हुनु दुःखद् छन् । आम नागरिकमा जातीय सद्भाव र एकता कायम राख्न अपिल गर्दछु ।’ मुख्यमन्त्रीले कर्णाली प्रदेशसभामा रूकुम घटनामा पीडितलाई राहतको घोषणा गरे पनि के राहत दिने भन्ने विषयमा कुनै खुलाएनन् ।

सम्बन्धित समाचार

तयार भयो नेपालको नयाँ नक्सा, मन्त्री परिषदमा पेश हुँदै

काठमाडौं, जेठ ४-भूमि व्यवस्था मन्त्रालयले नेपालको नयाँ नक्सा तयार पारेको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । मन्त्रालयले तयार पारेका...

न्युरो अस्पतालको रक्तदान कार्यक्रम, ६० पिन्ट रगत संकलन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । रोटरी क्लब अफ बिराटनगर मिडटाउनसँगको सहकार्यमा रतmदान कार्यक्रम शुक्रबार आयोजना गरेको हो । कार्यक्रममा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ प्याथोलोजिष्ट डा....

विराटनगरमा इन्टर महिला त्रिकेट प्रतियोगिता शनिबारदेखि, आधा दर्जन विद्यालयको सहभागि

विराटनगर । प्रथम विराटनगर हव इन्टर स्कुल महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक इन्टर महिला क्रिकेट प्रतियोगिता हुन लागेको...

विराट गोल्डकप : उपाधिमा घरेलु टोली विराटनगर र लुका सकर आत्मविश्वासी

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६ :...

प्रहरी चौकी अमाहीवरियातीलाई सफलता, डेढकिलोभन्दा बढी चाँदी बरामद

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–२ बाट गोसाई पोखरीनजिकबाट प्रहरीले बुधबार डेढ किलोभन्दा बढी चाँदी बरामद गरेको छ । सीमा क्षेत्रको दशगजाबाट प्रहरीले चाँदीका गरगहना र मूर्ति बिहान ११ः१५ बजेतिर बरामद गरेको हो...

बुद्धोदय सामाजिक सेवा मंन्चद्धारा विराटनगरमा वृक्षारोपण

विराटनगर । विराटनगर – ३ मा रहेको बुद्धोदय सामाजिक सेवा मंन्चले विराटनगरमा वृक्षारोपण गरेको छ । मंन्चले शनिबार विराटनगर – ३ सेल्फी रोडमा वृक्षारोपण गरेको हो । मंन्चका पदाधिकारी, सदस्य तथा सर्वसाधरणरूले विभिन्न प्रजातिका विरुवाहरू...

१७ र २७ वैशाखमै निर्वाचन हुन्छ, एक दिन तलमाथि हुँदैन : ओली

काठमाडौं, २५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता...

धनुषामा ५८ सहित प्रदेश २ मा थप २५० जनामा कोरोना

जनकपुरधाम,  १७ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बुधवार धनुषामा ५८, महोत्तरीमा २९, सिरहामा १३, बारामा ५२, पर्सामा १४, सर्लाहीमा ५१,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्