बूढानीलकण्ठमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
बूढानीलकण्ठमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

बूढानीलकण्ठ, १२ जेठ -बूढानीलकण्ठ नगरपालिकामा थप १ जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ– ३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए ।

कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको बताइएको छ । यससमेत बूढानीलकण्ठमा कोरोना संक्रमित हुने २ जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोक बसोबास गर्दै आएकी १८ वर्षीया १ युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि तेञ्जिङ चोक क्षेत्र ३ दिन सिल गरी युवतीको सम्पर्कमा आएका ८ जनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, नगरपालिकाले बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौं आएका १२ पुरुषलाई नगरपालिका–७ स्थित छहारी भवनको क्वारेन्टाइनमा राखेको थियो । ती पुरुषको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए ।  रासस

सम्बन्धित समाचार

बालवालिकाहरुलाई साइबर सुरक्षा सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा बालबालिकाहरुका लागि साइबर सुरक्षाबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार रोटरी क्लब अफ विराटनगर डाउन टाउनको आयोजनामा अहिलेको सूचना प्रविधि र डिजिटल युगमा साइबर अपराधको उच्च...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानिजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन...

मुनलाइट होस्टल संचालक मधु रेग्मी पक्राउ, अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारीमा प्रहरी

विराटनगर । विराटनगर महानगरपालिका—८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मी पक्राउ परेकी छिन् । प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको हो । मंगलबार साँझमा विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना...

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’...

नेपालमा ९१३ जनाले जिते कोरोना

काठमाडौं, ३१ जेठ-कोरोना संक्रमणमुक्त भएर गत २४ घण्टाको अवधिमा डिस्चार्ज हुनेको संख्य ३६ जना रहेका छन् । पर्साको नारायणी अस्पतालबाट ५ पुरुष, सप्तरीको साहीकृष्ण आसोलेसनबाट १७ पुरुष, बाँकेको ढुढुवामा रहेको आसोलेसन सेन्टर ८ पुरुष र...

प्रदेश १ मा आज संक्रमण पुष्टि भएका भन्दा डिस्चार्ज हुने बढी

विराटनगर, ७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा चार सय ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ६२, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा चार, तेहथुममा तीन, धनकुटा र...

कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं, मंसिर २५ । सत्तासीन नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा आज मनोयन दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण...

मोरङमा २६५ सहित प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिए

विराटनगर २ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ७४ जना कोरोना संक्रमित थपिए छन् । मोरङमा दुई सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, संखुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्