लागूऔषध कारोबारीसँग प्रहरीको भीडन्तः १ को मृत्यु, ४ जना घाइते 

 न्यूज विराट
लागूऔषध कारोबारीसँग प्रहरीको भीडन्तः १ को मृत्यु, ४ जना घाइते 

महोत्तरी, १२ जेठ-महोत्तरीको रामगोपालपुर नगरपालिका-७ सहसौलामा गएराती लागूऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार मृत्यु हुनेमा रामगोपालपुर–७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेका छन् ।

प्रहरीले लागूऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेका छ ।  जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागूऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरी र लागूऔषध कारोबारीबीच रामगोपालपुर-७ स्थित सडकमा राती करीब ८ बजेतिर भीडन्त भएको थियो ।

चारैतिरबाट घेरा हाली लागूऔषध कारोबारीले आक्रमण गर्न खोजेको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अभियुक्त राजनको घटनास्थलमै मृत्यु भएको हो । उनीमाथि ६ राउण्ड गोली लागेको थियो ।

सोही स्थानबाट अभियुक्त सुरेन्द्र र राहुललाई पक्राउ गर्नसमेत सफल भएको प्रहरी उपरीक्षक अधिकारीले बताए । घटनास्थलबाट केही मात्रामा लागूऔषध नाइट्रोभेट पनि बरामद गरिएको छ ।

सो भीडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएको र उनीहरूको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

आजदेखि विराटनगरमा मास्क अनिवार्य, स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आदेश

विराटनगर, २९ पुस । पछिल्लो समय विराटनगरसहित मोरङमा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले कडाई गर्न थालेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले २२ बुँदे आदेश जारी गर्दै कडाई गर्न थालेको हो ।...

राष्ट्रपतिद्वारा २६ वैशाखका लागि संसद बैठक आह्वान

काठमाडौं, २१ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले २६ वैशाखका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति भण्डारीले २६ वैशाख शुक्रबार दिनको ४ बजे संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेकी हुन् । नेपाल सरकार...

प्रदेश १ बाट मंगलबार ३४ जना कोरोना जितेर घर फर्किए

विराटनगर, जेठ २७–प्रदेश नं. १ बाट मंगलबार ३४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट ६ र सुनसरीको धरानस्थ्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पतालबाट...

प्रदेश १ मा २ लाखको कोरोना परिक्षण

विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो...

कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ लाई

विराटनगर । प्रथम मदन स्मृति अन्तर वडा खुला पुरुष कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ नम्बर वडाले जितेको छ । मदन भण्डारी स्पोट्स् एकेडेमी विराटनगर कमिटीको आयोजनामा विराटनगर १८ राजा विराट खेलमैदान झटियाहीमा सोमबार सम्पन्न भएको...

नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो ट्यूमर

विराटनगर, २ बैशाख । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म...

अमेरिकी राष्ट्रपति भएपछि पुटिनसँग बाइडेनको पहिलो फोन संवाद

एजेन्सी, १४ माघ । अमेरिकी राष्ट्रपति भएपछि जो बाइडेनले पहिलो पटक आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेका छन् । बीबीसीका अनुसार सो संवादमा बाइडेनले पुटिनलाई चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएको ह्वाइट हाउसले जनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्