गौरीफन्टा नाकाबाट परीक्षणविनै भित्रिए १८९९ नागरिक

 न्यूज विराट
गौरीफन्टा नाकाबाट परीक्षणविनै भित्रिए १८९९ नागरिक

धनगढी, ११ जेठ-कैलालीको गौरीफन्टा नाकाबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दार आज पनि जारी छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतबाट विभिन्न क्षेत्रबाट गौरीफन्टा नाका सम्म पुगेकाहरुको उद्दार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज १ हजार ८ सय ९९ जनाको उद्दार गरिएको जानकारी दिए । सीमा नाकाबाट उद्दार गरिएकाहरुको कोरोना भाइरस परीक्षण हुन सकेको छैन् ।

उनीहरुलाई परीक्षण नगरी भित्र्याइएको प्रहरीले जनाएको छ । यसअघि गौरीफन्टा नाकाबाट पाँच दिनमा ८ हजार बढी नेपालीको उद्धार गरिएको थियो । गत २ जेठदेखि शनिबारसम्म नाकाबाट ८ हजार २ सय ७९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जेठ २ र ३ गते ९ सय ५०, ७ गते ८ सय ५८ जना, ८ गते २ हजार ४ सय ९८जना , ९ गते २ हजार १४ जना र १० गते १ हजार ९ सय ५९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उद्धार गरिएका अधिकासंलाई सम्वन्धित पालिकामा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले विभिन्न स्थानीय तह र सामाजिक संस्थाको सहयोगमा उद्धार गरिएका नेपालीलाई सम्बन्धित पालिकामा पठाउने कार्य भइरहेको बताए । ८ हजार बढीको उद्धार भएपनि कोरोना परीक्षण निकै कमको भएको छ ।

सम्बन्धित समाचार

एस्पायर कलेजका जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्यार्थी सम्मानित

विराटनगर । विराटनगर–१४ मा अवस्थित काठमाण्डौं विश्वविद्यालयको विस्तारित कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजले विश्व विद्यालयले गतःमार्चमा लिएको बि.टेक.एड.आई.टी र बि.पि.एच. प्रथम र तृतीय सेमेष्टरको परीक्षाफलमा जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्याथीहरुलाई सम्मान गरेको छ...

र्‍यापिड टेस्ट गराएर प्रमाणपत्र लिन जमातीलाई मुस्लिम संघको अपिल

काठमाडौं, १० वैशाख-मुस्लिम संघ नेपालले तब्लिक जमातीलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन...

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

एजेन्सी, साउन ३-विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५...

उद्योग वाणिज्य महासंघको चुनावी साधारणसभा स्थगित

२८ र २९ चैतलाई तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा जेठ पहिलो सातासम्मका लागि स्थगन गरिएको छ । बिहीबार महासंघ कार्यालय टेकुमा बसेको बैठकले यो निर्णय लिएको अध्यक्ष भवानी राणाले बताइन् । यसअघि महासंघले प्रदेश...

पारिवारिक ‘रिसिइबी’मा दाजुभाइ मिलेर झापामा किसानको हत्या

विराटनगर । झापाको मेचीनगर नगरपालिका – ८ मुनियाँटोलका ३५ वर्षीय सुन्दरीलाल किसानको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुनियाँटोलका ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसान छन्। उनीहरू...

कोशी अस्पतालमा चार महिनामै फेरीए सुपरिटेन्डेन्ट : चन्द्रभाल झा भए मेसु, रविराज सिंहलाई पुरानै जिम्मेवारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति भएका छन् । कोशीका निमिक्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका हुन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त...

एसपिपी सम्झौता गर्ने कुरै छैन : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपिपी सम्झौता बर्तमान सरकारले नगर्ने बताएका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । माओवादीले सरकारले एसपिपी सम्झौता गर्न...

भारतीय सीमामा सुराकी गर्न ‘रअ’ निकटको टुटु रेजिमेन्ट

एजेन्सी, असार १३-अक्टोबर २०१८ को कुरा हो, इस्टोनियाकी चर्चित गायिका यना कास्क भारत आएकी थिइन् । उनी आफ्नो एक म्युजिक भिडियो भारतमा शुटिङ गर्न चाहन्थिन् र यसका लागि उनले उत्तराखण्डको चकराता क्षेत्रलाई छानेकी थिइन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्