एउटै गाउँपालिकामा १ सय १४ संक्रमित

 न्यूज विराट
एउटै गाउँपालिकामा १ सय १४ संक्रमित

बुटवल, ११ जेठ-प्रदेश ५ का १२ जिल्ला मध्ये कोरोना संक्रमणबाट सवैभन्दा बढी प्रभावित बाँकेको नरैनापुर हो । नरैनापुर गाउपालिकामा मात्र १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रदेश ५ को अति विकट मानिने नरैनापुरमा कोरोना संक्रमण फैलिन सक्ने र स्थिति भयावह हुने भन्दै स्थानीय तहले थप सुरक्षाकर्मी माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्रचार गरेको छ ।

मधेसी र मुस्लिम समुदाय बाहुल्य गाउपालिकामा अझै पनि कोरोना बारे अन्धविश्वास रहेको र कोरोना भाईरस बारे गाउँमा भ्रम फैलाउने काम भइरहेको गाउपालिकाका प्रमुख प्रशाकीय अधिकृत मणिराम खरालले बताए ।

अहिले पनि गाउँपालिकाका नागरिकहरुमा भ्रम फैलाउने, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई असहयोग भएको भन्दै गाउँपालिकाले विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मी माग गरेको हो । ‘सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई अहसोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने जस्ता क्रियाकलाप भएको र यस्तो अवस्थामा क्वारेन्टाईनबाट समुदाय स्तर सम्म संक्रमण फैलिन सक्ने र स्थित भयावह हुने सम्भावना देखिएको सन्दर्भमा स्थित नियन्त्रण बाहिर जाने भएकाले तत्काल उच्च स्तरिय चिकित्सकको टोली सहित थप सुरक्षाकर्मी परिचालन गरी नियन्त्रण कार्यलाई अगाडि बढाउने व्यवस्था गर्न अनुरोध छ,’ गाउपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गाउपालिकाका ६ वटै वडा भारतसँग सिमाना जोडिएकाले अहिले पनि नेपाली नाकाबाट प्रवेश गरिरहेका छन् । समुदाय स्तरमा सचेतनाको कमी भएकै कारण क्वारेन्टाईन समेत व्यवस्थापन हुन नसकेको गाउपालिकाले जनाएको छ ।

गाउँपालिकाले हाल १५ वटा क्वारेन्टाईनमा करिव ७ सय छन् । संक्रमणको संख्या अझै बढ्ने आंकलन पनि गरिएको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जनताबाटै असहयोग भएकाले थप सुरक्षाकर्मीको माग गर्नुपरेको बताए ।

सम्बन्धित समाचार

मच्छिन्द्रलाई विराट गोल्डकपको उपाधि

विराटनगर । आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसि काठमाण्डौले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राती सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।उपाधिसँगै मच्छिन्द्रले...

देउवाबिरुद्ध मैदानमै उत्रियो शेरख पक्ष

काठमाडौं, भदौं १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीबिरुद्ध पार्टीकै नेता–कार्यकर्ताले खबरदारी सभा गरेका छन । सभापति देउवा एकलौटी रूपमा अघि बढेको र केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै विरोधमा कार्यकर्ताले आज काठमाडौंमा...

संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न एमालेले हतार नगर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न हतार नगर्ने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकपछि शिलापत्रसँग कुराकानी गर्दै सांसद शेरबहादुर तामाङले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध संसद सचिवालयमा...

विराटनगरबाट ४० लाख मूल्य बराबरको सामान बरामद

विराटनगर, १९ जेठ । प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान...

झापामा हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु

विराटनगर, ३ फागुन । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्कर बस्ने अन्दाजी ५० वर्षीया सीता दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी...

दिपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । दिपेन्द्र ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । ओमानले दिएकाे १३६ रनकाे लक्ष्य नेपालले १९. ३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेकाे हाे । नेपालले चार...

मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’ आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा क्लबले इकोनोमी कम्युनिटी र डेभलोप्मेन्ट मन्थ अन्तर्गत ‘वर्कशप’ आयोजना गरेको हो । क्लबे...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता आज

काठमाडौं, २० पुस । राष्ट्रियसभा सदस्यमा रिक्त हुने १९ सिटको उम्मेदवारी मनोनयन आज हुँदैछ ।आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्