विहान वेलुका हातमुख जोर्न समस्यमा परेका १५० परिवारलाई खाद्यान्न वितरण

 न्यूज विराट
विहान वेलुका हातमुख जोर्न समस्यमा परेका १५० परिवारलाई खाद्यान्न वितरण

विराटनगर, जेठ १०–बन्दाबन्दीका कारण विहान बेलुका हातमुख जोर्न समस्या भएका विपन्न परिवारहरुलाई आज यहाँ युवा समूहले खाद्यान्न राहत वितरण गरेका छन् ।

विराटनगर महानगरपालिका वडा नं ११ का युवा मनिष गुरुङ एवं समूहले आफ्नो व्यक्तिगत रकममा बन्दाबन्दीको कारण दैनिक घरमा चुल्हो बाल्न समस्या भएका १५० परिवारलाई खाद्यान्न राहत वितरण गरेका हुन् ।

सामाजिक दुरी कायम गरी कुपन मार्फत वितरण गरिएको राहतमा १० किलो चामल, नून, आलु प्याज,दाल, खानेतेल, सावुन र मास्क रहेको छ । विपन्न परिवारका नागरिक र बालवालिकालाई भोकै सुत्न नपरोस भन्नका लागि केही सहयोग गरौ भन्ने उद्देश्यले व्यक्तिगत रुपमा खाद्यन्न उपलव्ध गराएको दाता मनिष गुरुङले बताए ।

विराटनगर ११ निवासी विपन्न महिला निशा साहले प्राप्त राहतले घरका बालबच्चालाई जाउँलो भएपनि केही दिन पेटभरी खुवाँउन पाउँदा खुशी लागेको बताइन् । समूहले केही दिन अगाडि तीन सय परिवारलाई राहत वितरण गरेको थियो भने आगामी वुधवार दुई सय परिवारलाई राहत वितरण गर्ने गुरुङले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगरको शिक्षादीप कलेज सधै अब्बल

विराटनगर । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक – शिक्षक नै मुख्य रुपमा कुनै पनि शैक्षिक संस्था सफल हुन चाहिने पूर्व सर्त हुन् । यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका...

भोजपुरबाट धरान जाँदै गरेको ट्रकमा ब्राउन सुगर भेटियो

भोजपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि प्रहरीले दुवै चालकलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ६२३२ र ना ६ ख ७४७८ नम्बरको ट्रकमा...

लिलादेवी सिटौलाको सपथग्रहण आज

काठमाडौं, १४ साउन-प्रतिनिधि सभामा समानुपातिकतर्फबाट हालै निर्वाचित जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले आज सपथग्रहण गर्ने भएकी छन् । सरिता गिरीको स्थानमा सांसद बनेकी सिटौलाले आज दिउँसो १ बजे संसद सचिवालयको कृषि समितिको हलमा सपथग्रहण...

मिल्स नकआउट फुटबल : ब्राईट फियूचर र मोर्डन एरा सेमिफाइनलमा

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा ब्राइट फियूचर स्कुल र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् ।विराटनगर जुटमिल खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा ब्राइट फियूचर स्कुलले टाइब्रेकरमा पोखरीया स्कुललाई ५–४ गोलले हराउँदै विजयी भएको...

नेपालमा पहिलो पटक भित्रियो सलह कीरा

काठमाडौं, १३ असार-नेपालमा पहिलो पटक सलह कीरा प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पुर्‍याएपछि यसको आशंका गरिएको हो । कृषि मन्त्रालयले बारा र पर्सामा सलह...

मोरङमा लोकतान्त्रिक समाजवादीको समानान्तर समिति

विराटनगर, ३ माघ । लोकतान्त्रिक समाजवादी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रूपमा गठन भएको छ । समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कार्य सञ्चालन सुरु गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ...

भारतीय विदेश सचिवको सुरक्षाका लागि चारवटै निकायका सुरक्षाकर्मी परिचालन

काठमाडौं, ११ मंसिर-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको सुरक्षाको लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएकाे छ । चार्टर्ड विमानबाट नेपाल आएका उनी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बसेका छन् । काठमाडौं प्रहरीका अनुसार होटल क्षेत्रलाई...

नेपालमा थप १ हजार ३९ जनामा काेराेना पुष्टि

काठमाडाैं, २८ भदौ-नेपालमा थप १ हजार ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेम ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले २४ घण्टायताका सहित कुल संक्रमित संख्या ५४ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्