कोरोना महामारीबीच स्पेनमा विपक्षीद्वारा सरकारविरोधी प्रदर्शन

 न्यूज विराट
कोरोना महामारीबीच स्पेनमा विपक्षीद्वारा सरकारविरोधी प्रदर्शन

एजेन्सी, जेठ ११-कोरोना भाइरसको महामारीबीच स्पेनमा सरकारविरोधी प्रदर्शनमा हजारौंले सहभागिता जनाएका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले गरेको प्रयास पर्याप्त तथा उपयुक्त नभएको भन्दै विरोध प्रदर्शन भएको हो ।

विपक्षी भक्स पार्टीले देशका प्रमुख सहरहरुमा सामाजिक दूरी कायम गर्दै प्रदर्शनमा सहभागी हुन आफ्ना समर्थकलाई आह्वान गरेपछि हजारौँ मानिस आफ्नो सवारी साधनसहित प्रदर्शनमा सहभागी भएका थिए ।

भक्स पार्टीले सामाजिक दूरी कायम गर्नका लागि कसैलाई पनि सवारी साधनबाट बाहिर ननिस्कन आग्रह गरेको थियो । प्रदर्शनकारीहरुले राजधानी मड्रिडमा कार तथा आफ्ना सवारी साधानमा राष्ट्रिय झण्डा राखेर प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री पेड्रो सान्चेजको राजीनामा मागेका थिए ।

स्पेनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनका लागि गत १४ मार्चदेखि कडा लकडाउन लागु भएको थियो । स्पेनमा दुई सातादेखि लकडाउनलाई खुकुलो पार्दै लगिएको छ ।

यद्यपि, राजधानी मड्रिड र बार्सिलोनाजस्ता ठूला सहरमा अझै कडा लकडाउन जारी छ । कोरोना भाइरसको महामारी अझै नसकिएकाले ती सहरमा लकडाउन जारी राखिएको हो । दुवै सहरमा सोमबारबाट अधिकतम १० जनासम्म भेट गर्न पाउने गरी लकडाउन खुला गर्ने तयारी भइरहेको छ ।

प्रदर्शनमा उत्रिएका फार–राइट भक्स पार्टीका समर्थकले लकडाउन पूर्ण रुपमा हटाइनु पर्ने माग गरेका छन् । लकडाउनका कारण मानिसको रोजगारी तथा अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै उनीहरुले लकडाउन खुलाउन माग गरेका हुन् ।

भक्स पार्टीका नेता सान्तियागो अबास्कालले पूरै विश्वमा स्पेन सरकारले महामारीको खराब व्यवस्थापन गरेको आरोप लगाउँदै प्रधानमन्त्री सान्चेज र उपप्रधानमन्त्री पाब्लो इग्लेसिसलाई राजीनामा दिन माग गरेका छन् ।

सम्बन्धित समाचार

नेप्से २९ अंकले बढेको बजारमा १६ अर्बको कारोबार, वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं, २० जेठ । शेयर बजर परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार पनि हरियाली छाएको छ । जसले गर्दा लगानीकर्ता थप उत्साहित बनेका छन् । बिहीबार नेप्से सूचक २९ दशमलव ५५ अंकले बढेर २८५६ दशमलव...

त्रिभुवन विमानस्थलमा बम राखिएको कुरा हल्ला मात्रै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान बम राखिएकाे कुरा गलत हल्ला मात्रै रहेकाे पुष्टि भएकाे सुरक्षा निकायले जनाएका छन् । विमानस्थलमा आठवटा बम राखिएकाे भनेर अज्ञात व्यक्तिबाट फाेन आएपछि प्रहरीले यात्रुहरूलाई बाहिर निकालेर खानतलासी लिएकाे थियाे...

सरूवा बदरको माग राख्दै अदालतमा रिट, ९ माघमा छलफलको लागि आउन आदेश

विराटनगर । मोरङ कारागारका चौकीदार अभिषेक गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गृह गैरकानुनी भन्दै सरूवा रोक्न माग राख्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गराएका छन् । गिरीले उच्च अदालत विराटनगरमा सरुवा रोक्न अन्तरिकम आदेशको...

नेकपा सचिवालय बैठक भोलि बस्दै

काठमाडौं, १६ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा शनिबार बिहान ९ बजे केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति भएको  बताइएको छ । उनीहरूबीच सरकारले...

विराटनगरमा नेकपा प्रचण्ड–नेपाल समुहको प्रदर्शन

विराटनगर, १४ पुस-प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकप) प्रचण्ड–माधबकुमार प्रक्षले विराटनगरमा प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन सहित विराटनगरमा अहिले जुलुस निकालेको छ । विरेन्द्र सभागृहबाट सुरु भएको जुलुस...

आरडीटी पोजेटिभ देखिएकी युवतीका आफन्तको पनि काेराेना परीक्षण

डडेल्धुरा, १० वैशाख-डडेल्धुरा बसेर अछाम गएकी युवतीमा आरडीटी पोजेटिभ देखिएपछि उनका आफन्तको कारोना परीक्षण गरिने भएको छ। अछामको वान्नीगढी जयगढ गाँउपालिका–३ मा २० वर्षीया युवतीको आरडीटी पोजेटिभ देखिएको थियो । ती युवती डडेल्धुराको अमरगढी नगरपालिका– ६...

ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब...

सप्तरीमा ४८१ संक्रमित निको भएर घर फर्किए

राजविराज, ४ भदौ-सप्तरीमा बिहीबारसम्म ४ सय बढी कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म ४८१ जना संक्रमित निको भएर घर फर्किएका हुन् । सप्तरीको १८ वटै स्थानीय तहमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्