काठमाडौं, ११ जेठ-गृहमन्त्रालयले भोलि इदको सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको महान पर्व इद उल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको हो ।
यसअघि सरकारले ११ जेठमा इदको इदको बिदा दिने घोषणा गरेको थियो । तर इद पर्व सोमबार मनाइने भएकाले गृह मन्त्रालयले सूचना निकालेर बिदा सच्याएको हो ।
मन्त्रीपरिषदले आइतबारका लागि बिदा दिने गरी गरेको निर्णय सच्याउँदै सो बिदा सोमबार ९जेठ १२ गते० दिइने गृह मन्त्रालयले सूचना निकालेर जानकारी दिएको हो । मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ११ गते सार्वजनिक बिदा दिने सूचना सच्याएर १२ गते विदा दिने अर्को सूचना जारी गरेको हो ।