अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु, न्युयोर्कमा १ सयभन्दा कम मृत्यु

 न्यूज विराट
अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु, न्युयोर्कमा १ सयभन्दा कम मृत्यु

एजेन्सी, जेठ ११-अमेरिका कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा १ हजार १२७ जनाको मृत्यु भएको छ । यसका साथै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या हालसम्म ९८ हजार ६८३ पुगेको छ ।

सेन्टर फर डिजिज कन्ट्रोलले केही दिनभित्रै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघ्ने बताएको छ । अमेरिकामा कोरोना भाइरसका कारण सबैभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् ।

अमेरिकापछि बेलायतमा सबैभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा हालसम्म ३६ हजार ६७५ जनाको मृत्यु भइसकेको छ । यसवर्ष मार्चपछि पहिलो पटक अमेरिकाको न्युयोर्कका कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पहिलो पटक १ सयभन्दा कम देखिएको छ । पछिल्लो २४ घन्टामा न्युयोर्कमा ८४ जनाको मृत्यु भएको छ । शनिबार त्यहाँ १०८ जनाको मृत्यु भएको थियो । न्युयोर्क अमेरिकाको सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

न्युयोर्कमा कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएपनि अमेरिकामा संक्रमित अझै बढिरहेका छन् । अमेरिकामा हालसम्म १६ लाख ६६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

सम्बन्धित समाचार

रथयात्रामा उछृंखल गतिविधि र पाकेटमारमा संलग्न भएको आरोपमा १२३ जना पक्राउ

विराटनगर । विराटनगरमा मंगलबार निस्किएको ं ९३ औं संस्करणको राधाकष्ण रथयात्रामा उछृंखल गतिविधि र चोरीमा संलग्न भएको आरोपमा प्रहरीले १२३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ११३ जना पुरुष र १० जना महिला रहेको मोरङ...

सरकार टिकाउने चिन्ता छैन, भ्रष्टाचारविरोधी अभियान अन्तिमसम्म पुर्‍याउँछु : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पु¥याउने प्रतिज्ञा आफूले लिएको बताएका छन् । सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको उनले दाबी गरे । विराटनगरको सन्देशसभालाई आज...

त्रिभुवन विमानस्थलमा एकै दिन १६ उडान

काठमाडौं, ६ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ ५ गरी १५...

विवादित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सकारात्मक

काठमाडौं, ११ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विवादित अध्यादेश फिर्ता लिन सकारात्मक बनेका छन् । बिहीबार बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा उनी अध्यादेश फिर्ता लिन सकारात्मक भएको उच्च...

वामदेव गौतम आधिकारिक नेकपामा जाने

सत्तारुढ नेकपा विभाजन भई बालुवाटार र बबरमहलमा दुई पक्षमा केन्द्रीय कमिटी बैठक चलिरहँदा उपाध्यक्ष वामदेव गौतम भने भैँसेपार्टीस्थित निवासमै छन् । आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै उनले दुवै बैठकमा जान अस्वीकार गरेका हुन् ।...

मजदुरलाई ३० केजी चामल २ प्याकेट नुन

असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाह्यलाई उपलब्ध गराउने राहत सम्वन्धी मापदण्ड तय भएको छ ।कोरोना भाइरसको फैलावट रोक्नको लागि सरकारले लगाएको लकडाउने पारेको प्रभावलाई मध्यनजर गर्दै सरकारले आर्थिक र राहत प्याकेज  १६ चैतमा घोषणा...

संखुवासभा हत्या प्रकरण : हत्या गरिएकी रञ्जनाको मोबाइल लोकबहादुरका भाइसँग

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएका भनिएका लोकबहादुर कार्कीका भाई नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । हत्या गरिएकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको हो । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्