भारतबाट आएका थिए चितवनका संक्रमित दम्पति

 न्यूज विराट
भारतबाट आएका थिए चितवनका संक्रमित दम्पति

हेटौँडा, १० जेठ-चितवनका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दम्पति भारतबाट आएको खुलेको छ । भरतपुर महानगरपालिका–६ केशरबाघका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धालाई शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो ।

बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले संक्रमित दम्पति भारतबाट आएर होम क्वारेन्टाइनमा बसिरहेको जानकारी दिएको छ । उनीहरूको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

क्यान्सरको उपचारको लागि संक्रमित दम्पति भारत गएको खुलेको छ । ७४ वर्षीय पुरुष राजधानी दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराएर भरतपुर घर फर्किएको जनाइएको हो । उनकै श्रीमती ७३ वर्षीया महिला पनि सँगै दिल्ली गएकी थिइन्।

३ जेठमा दिल्लीबाट एम्बुलेन्समा घर आएको खुलेको छ । संक्रमित दम्पतिको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङबाट खोजी भइरहेको छ । भरतपुर महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनबाट खटिएको टोलीले सम्पर्कमा आएका व्यक्तिहरूको खोजी र पृथकीकरण गर्न कार्य तीव्ररूपमा भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छैटौं संस्करणको विराट गोल्डकप चैतमा

विराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट हुने भएको छ । विराट गोल्ड कप फुटबल ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी चैत ६ देखि १४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ संक्रमित थपिए, ३६४ डिस्चार्ज

विराटनगर, २८ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म १७ हजार १ सय ५४ जना डिस्चार्ज भएका छन् । प्रदेश...

मोरङको ग्रामथानमा प्रथम रविदानन्द चौधरी स्मृति कप हुने, उद्घाटनमा आयोजक र युनाइटेड भिड्दै

विराटनगर । मोरङको ग्रामथानमा असोजको अन्तिम साताबाट प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।नेताचोक टाईगर क्लव ग्रामथानको आयोजनामा शिक्षासेवी रविदानन्द चौधरीको स्मृतिमा लिग कप नक आउट प्रतियोगिता असोज २९ गते...

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङद्वारा विभिन्न उपसमिति गठन

विराटनगर, २२ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विभिन्न उपसमिाति गठन गरेको छ । बिहिबार विराटनगरमा सम्पन्न महासंघ र महिला उद्यम समितिको संयुक्त विस्तारित बैठकले महासंघका गतिविधिहरु व्यवस्थित ढंगले अघि बढाउन विभिन्न...

भारु १ हजार लिएर भारतीयलाई सीमा कटाउन खोज्ने पक्राउ

विराटनगर, बैशाख ३०–भारतीय मजदुरसंग रकम लिएर सीमा कटाउन खोज्ने दुईजनालाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर–१८ भेडियारी स्थित एकिकृत जाँचपास चौकी(आइसिपी) नजिकै दशगजाक्षेत्रबाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका २ जना विराटनगर–६...

३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाइने

काठमाडौं, जेठ २-सरकारले ३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने याेजना अघि सारेकाे छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी...

पछिल्लो २४ घण्टामा नेपालमा २२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ५ मंसिर-गएको २४ घन्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ । शुक्रबार देशभर  १० हजार ३ सय ४०...

बिदेश पठाईदिन्छु भन्दै ठगी आरोपमा पाँच पक्राउ

विराटनगर । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आकर्षक रोजगारी हुने भन्दै विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनलाई पक्राउ गरको हो । पक्राउ पर्नेहरुमा एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्