प्रदेश १ मा कसको सरकार ?
विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको...
काठमाडौं, ८ जेठ-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीसँग १६ हजार ५ सय ४ र निजी क्षेत्रका उद्योगसँग ७५ हजार मेट्रिक टन गरी २ निकायसँग ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात रहेको हो ।
कम्पनीसँग दुर्गमका २३ जिल्लामा दुई हजार ८४३ मेट्रिक टन चामल, ६६४ क्विन्टल फापर, ५२४ क्विन्टल सिमी, ५५७ मेट्रिक टन गहुँ र १८ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । उनका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा २ हजार ८२५ मेट्रिक टन नून गरी १ लाख ३७ हजार ९६६ मेट्रिक टन मौज्दात छ । मन्त्रालयको तथ्यांकअनुसार साल्ट ट्रेडिङसँग २ हजार २६३ चिनी र निजी क्षेत्रसँग ६३ हजार २०७ गरी ६५ हजार ४७४ चिनी मौज्दात छ ।
यसैगरी निजी क्षेत्रका व्यापारीसँग दाल तथा गेडागुडी १६ हजार ८१ मेट्रिक टन मौज्दात छ भने ८३ हजार ९६७ मेट्रिक टन खाने तेल आयात प्रक्रियामा रहेको जनाइएको छ ।
मौज्दात पेट्रोलियम पदार्थ
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट मंगलबार ९ सय ३२ किलोलिटर डिजेल आयात भएकामा १ हजार ६ सय ५१ किलोलिटर बिक्री भएको र ३३ हजार १७४ किलोलिटर मौज्दात रहेको छ ।
बन्दाबन्दीका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएपछि नेपाल आयल निगमले भण्डारणबाट निश्चित मात्रामा तेल घटेकाले इण्डियन आयल कर्पोरेशनलाई अनुरोध गरेर पाइपलाइन सञ्चालन गर्दै आएको छ ।
बन्दाबन्दीअघि दैनिक सञ्चालन भएको पाइलपाइन हाल आवश्यकतानुसार सञ्चालन गरिँदै आएको छ । यसैगरी निगमसँग छ हजार ५५० किलोलिटर पेट्रोल, दुई हजार १४२ किलोलिटर मट्टीतेल, ७ हजार ३४ किलोलिटर हवाइ इन्धन गरी ४८ हजार ९ सय किलोलिटर पेट्रोलियम पदार्थको मौज्दात छ । त्यस्तै विभिन्न एलपी ग्यास उद्योगसँग ११ मेट्रिक टन ग्यास मौज्दात रहेको जनाइएको छ । रासस
विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको...
उदयपुर, २० वैशाख-प्रतिनिधिसभाका सांसद डा. नारायण खड्काले उदयपुर जिल्लाका विभिन्न स्थानीय तहलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।पीपीई, सर्जिलक र एन ९५ मास्क, स्यानिटाइजर, सर्जिकल ग्लोब्सलगायतका सामाग्री लिएर काठमाडौंबाट उदयपुर आएका डा. खड्काले शुक्रबार...
विराटनगर, २० साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त संघर्ष समितिबीच सहमति भएको छ । सहमतिसँगै आन्दोलनकारीले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोली र संघर्ष समितिबीच छ...
विराटनगर, २२ चैत । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा पाँचथरका डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । लोक्सोम यसअघि योजना आयोगको सदस्य थिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र...
काठमाडौं, ३१ साउन-आज दिउँसो धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै, गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले...
विराटनगर, असार १२–मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा नदीले बगाएर मृत्यु भएको छ । बिहिवार अपरान्ह बक्राहा नदी नजिकै चौपाया चराईरहेकी शाह अचानक नदीले बताएर वेपत्ता भएकी थिइन् । नदीले बगाएर...
विराटनगर, फागुन १६–मोरङको कटहरीस्थित लोहन्द्रा खोलामा तटबन्ध बनाउन सांसदहरूले माग गरेका छन् । आजको प्रदेशसभा बैठकको शून्य समयमा सांसद कल्पना सरदारले मोरङको कटहरीस्थित लोहन्द्र खोलाको विभिन्न स्थानमा कटान गरिरहेका कारण तत्कालै तटबन्ध निर्माण गर्न माग...
काठमाडौं, १-वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका ‘लकडाउन’लगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन् । नयाँ वर्ष २०७७ सालको...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.