पत्रकारमा कोरोना देखिएपछि प्रदेश २ मा परीक्षणको दायरा बढाइँदै

 न्यूज विराट
पत्रकारमा कोरोना देखिएपछि प्रदेश २ मा परीक्षणको दायरा बढाइँदै

प्रदेश २ मा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म धनुषा, बारामा १/१ र पर्सामा २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चारै जनाकाे अहिले आइसोलेसनमा उपचार जारी छ । ४ सक्रिय पत्रकारमा काेराेना देखिएपछि फिल्डमा रिपोर्टिङ गर्ने पत्रकारलाई चुनौती थपिएको छ । नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सभापति रहिसकेका प्रदेश २ का सांसद रामअशिष यादवले पत्रकारहरूले विशेष सर्तकर्ता अपनाउनुपर्ने बताए ।

अहिले पनि यहाँका धेरै पत्रकार सामान्य मास्क लगाएर स्थगलगत रिपोर्टिङ गरिरहेका छन् । साधनको अभावका साथै केहीले भो भाइरसलाई गम्भीरताका साथ नलिँदा जोखिम बढेको छ । जनकपुरधामका चिकित्सक डा. सज्जन ठाकुरले यो भाइरस अअन्य रोग जस्तो सामान्य नरहेकाले सबैले गम्भीर हुनुपर्ने बताए ।

हाम्रो सानो असावधानीले अरूमा समेत संक्रमण फैलन सक्ने भएकाले सबैले सावधानी अपनाउन पर्ने उनले बताए । आफ्नो व्यक्तिगत सरसफाइ गरेको खण्डमा मात्रै पनि कोरोनाको संक्रमणबाट बच्न सकिने चिकित्सकहरूले बताइरहेका छन् ।

‘सबै पत्रकारले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनुपर्छ । म दिनभरी फिल्डमै रहने गर्छु तर मास्क जुन बेला पनि लगाउँछु’ पत्रकार घनश्याम मिश्रले भने । कोरोना भाइरस फैलिन रोक्न अहिलेसम्म धनुषा र पर्साका ५ दर्जनभन्दा बढी पत्रकारमा परीक्षण गरिएको छ ।

कोरोना परीक्षण गर्दा संक्रमण रोकिने नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले वताए । पहिला पत्रकारहरूलाई बस्न, कम्प्युटर लगायतको व्यवस्थापन पत्रकार महासंघमै गरेको थियो । तर, अहिले १ जनामा संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ ।

सम्बन्धित समाचार

कोरोनाविरुद्ध होमियो पैथिक चिकीत्सक प्रयोगगर्न आग्रह

विराटनगर,३१ बैशाख ,कोरोना संक्रमणले विश्व आक्रान्त भईरहेको बेला होमियो प्याथीक उपचारलाई पद्धतीलाई उपयोग गर्न चिकीत्सकहरुले सरकार संग माग गरेका छन । एलोपेथिक उपचार विधि भन्दा होमियो पैथिक उपचार पद्धती निकै प्रभावकारी रहेको जनाउदै नेपाल होमियो...

न्युट्रास्युटिकल औषधि होइन, विक्री बिक्री वितरण नगर्न एनपीएको आव्हान

विराटनगर । नेपाल फर्मास्यूटिकल एसोसिएसनले न्युट्रास्युटिकल औषधि नरहेको प्रस्ट्याउँदै उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न नगराउन आह्वान गरेको छ । नेपाल फर्मास्यूटिकल एसोसिएसनले एक प्रेस विज्ञाप्ती जारी गर्दै यस्तो आव्हान गरेको हो । ‘बजारमा...

संखुवासभामा कैदी मृत्यु प्रकरणको प्रतिवेदन सार्वजानिक , सुरक्षाकर्मीको चरम यातनाबाट दुई जना कैदीको मृत्यु

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका – १ स्थित जिल्ला कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै चरम यातना दिएपछि मृत्यु भएको अनुगमन टोलीले दावीसहितको स्थलगत अध्ययन प्रतिवेदन सार्वजानिक गरेको छ । साउन २४ गते विहान...

‘लामो दूरीका यातायात र विद्यालय खोल्ने परिस्थिति बनेको छैन’

काठमाडौं, २२ साउन-सरकारले तत्काल लामो दूरीका यातायातका साधन, विद्यालय तथा हवाई उडान खोल्ने परिस्थिति नबनेको बताएको छ । मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा सरकारले प्रवक्ता डा युवराज खतिवडाले यस्तो बतांएका हुन् । सरकारले पछिल्लो समय बढेको...

अत्यावश्यकबाहेक सबै सेवा बन्द

सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ९ चैतदेखि २१ चैतसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्न आग्रह गरेका छन् । उनले शुक्रबार बेलुका देशवासीका नाममा सम्बोधन...

प्रचण्ड ओलीनिकट नेताहरुसँग संवादमा

सामान्यतः नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलबीच मत मिल्दैन । पोखरेलले अध्यक्ष प्रचण्डलाई चिढ्याउने सार्वजनिक अभिव्यक्ति दिनेमात्र होइन्, सचिवालय बैठकमै सहज प्रस्तुति हुदैन । अलिक कडा भाषाशैलीमा प्रस्तुत हुने पोखरेलले नै जबजको फायर खोलेका...

शशांकको समर्थन पनि देउवालाई

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापतिको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भएको छलफलपछि कोइरालाले देउवालाई समर्थन गर्ने भएका हुन् । नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि...

प्रदेश १ मा ९५४ संक्रमणमुक्त, २२७ संक्रमित थपिए

विराटनगर, १२ असार । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्