चिनियाँ राजदूतको रहस्यमय मृत्युले इजरायलमा हलचल

 न्यूज विराट
चिनियाँ राजदूतको रहस्यमय मृत्युले इजरायलमा हलचल

एजेन्सी, जेठ ४–इजरायलमा नयाँ सरकारको शपथग्रहणभन्दा केही घण्टापहिले नै चिनियाँ राजदूतको रहस्यमय मृत्युले हलचल मच्चिएको छ । चिनियाँ राजदूत डू वेई तेलअभिवको हर्टजलियास्थित घरमा मृत फेला परेका थिए । यो घटनाको पुष्टि इजरायलको विदेश मन्त्रालयले गरिसकेको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार घटना थाहा भएलगत्तै प्रहरीले अनुसन्धान सुरू गरेको छ । अहिलेसम्म मृत्युको कारण खुल्न सकेको छैन । लामो समयको राजनीतिक गतिरोधपछि आइतबार बिहान बेन्जामिन नेतन्याहूले राष्ट्रपति पदको शपथ लिँदै थिए । हारेट्सको रिपोर्टअनुसार ५८ वर्षीय वेईको शव उनको ओछ्यानमै भेटिएको हो । निन्द्रामै उनको मृत्यु भएको आशंका गरिएको छ । परिवारमा उनकी श्रीमती र एक छोरा छन् ।

गत फेब्रुअरीमा उनी इजरायलका लागि चिनियाँ राजदूतका रूपमा नियुक्त भएका थिए । प्रारम्भिक जानकारीअनुसार वेईका कर्मचारीले उनलाई बेडमा मृत अवस्थामा देखेका थिए । उनको शरीरमा कुनै खालको चोट पाइएको छैन । म्यागन डेभिड एडोम प्राथमिक चिकित्सा सेवाले उनको मृत्युको कारण हृदयाघात हुन सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक

विराटनगर । विरामीको स्वास्थ्य उपचारमा व्यस्त रहने चिकित्सकहरुले शनिबार साझ छुट्टै रमाइलो लिएका छन् । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशीले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदनप्रदान तथा सांगीतिक...

२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै...

अन्तर्राष्ट्रिय उडानमा रोक छैन, सोमबार यी विमान आउँदै छन् काठमाडौं

सरकारले आइतबार राती १२ बजेदेखि ९ दिनका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेको छ । सोहीअनुसार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । तर, विदेशी एयरलाइन्सहरूको विनाअवरोध आवत-जावत भइरहेको...

कोरोनाविरुद्धको लडाईमा प्रतिपक्षी कांग्रेसका सुझाव उपयोगी : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ र सहयोगले सरकारलाई कोरोना भाइरसविरुद्धको लडाईमा ऊर्जा मिलेको बताएका छन् । कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले सरकारलाई बुझाएको १७ बुँदे सुझाव...

औषधी व्यसायीको सप्ताहव्यापी कार्यक्रम सकियो, अन्तिम दिन भव्य कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले सुरू गरेको सप्ताहव्यापी कार्यक्रम सकिएको छ । संघले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम समापन...

समाजसेवी गोयलले भद्रपुरमा विपन्न परिवारको ११ वटा घर बनाइदिने

विराटनगर । समाजसेवि दीनबन्धु गोयलले झापाको भद्रपुर–६ मा गरिव एवं अति विपन्न माझि परिवारका लागि ११ वटा घर बनाइदिने भएका छन् । गोयलले बनाइदिने घरको शिलन्यास बिहीबार सरस्वती पूजाको अवसर पारेर गरिएको हो । भद्रपुर...

लकडाउन खुलेपछि उपत्यकामा कोरोना संक्रमणको जोखिम

काठमाडौं, १६ साउन-लकडाउन खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौं उपत्यकामा कोभिड– १९ को जोखिम दैनिक रूपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे)ले आज...

अन्तर्राष्ट्रिय नारी दिवसमा मेरिल्याण्ड कलेजका विद्यार्थी प्रथम

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विराटनगरमा आयोजित बिजनेस आइडिया कन्टेस्टू प्रतियोगितामा मेरिल्याण्ड कलेजका विद्यार्थीहरूले प्रथम स्थान हासिल गरेका छन् । नेप्लिस इन्ट्रिप्रेन्युअर्स फोरम विराटनगर च्याप्टरद्वारा शनिबार उद्योग संगठन मोरङमा आयोजित प्रतियोगितामा मेरिल्याण्ड कलेजका बिबिएस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्