भारतको उत्तर प्रदेशमा २ ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु

 न्यूज विराट
भारतको उत्तर प्रदेशमा २ ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु

एजेन्सी, जेठ ३-भारतको उत्तर प्रदेशमा २ ओटा ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरू केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका सबै मजदुर रहेका जनाइएको छ ।

स्थानीय समयानुसार शनिबार बिहान ३.३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूमध्ये अधिकांश विहार, झारखण्ड र पश्चिम बंगालका रहेको औरयाकी प्रमुख चिकित्सा अधिकृत अर्चना श्रीवास्तवले बताइन् । उनले अरू १५ जनालाई सैफाई विजिआईमा पठाइएको पनि जानकारी दिइन् ।

‘दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ, अरू २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ, गम्भीर घाइतेमध्ये १५ जनालाई भने अन्यत्र अस्पतालमा लगिएको छ,’ उनले भनिन् । दुर्घटनामा परेकाहरू राजस्थानबाट विहार र झारखण्डतर्फ जाँदै गरेका मजदुर रहेको अर्चनाले बताइन् ।

यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले घटनाका बारेमा विस्तृत अध्ययन गर्न र प्रतिवेदन पेश गर्न प्रहरी उच्च अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले दुर्घटनाप्रति दुःख पनि व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

नेपाल घरेलु तथा साना उद्योग महासंघ र सिटिजन बैंकबीच सम्झौता

विराटनगर, २८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र सिटिजनन बैंकबिच सम्झौता भएको छ । महिला उद्यमीहरुका लागि सहुलियत कर्जा उपलब्ध गराउने विषयमा महासंघ र बैंकबिच सम्झौता भएको हो । सम्झौता पत्रमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, २६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड-१९ को...

कुवेतमा लकडाउन उल्लंघन गर्ने विदशीलाई सीधै देश निकाला

एजेन्सी, चैत २२-कोरोना भाइरसको संक्रमण फैलिन नदिन कुवेत सरकारले गरेको लकडाउन उल्लंघन गर्ने विदेशी श्रमिकलाई स्वदेश फिर्ता गर्ने भएको छ ।कुवेतको आन्तरिक मन्त्रालयले रात्रि समयका लागि लागू गरिएको कफर्यू उल्लंघन गर्ने विदेशी नागरिकलाई देश निकाला...

नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ जेठ-नेपालमा थप  ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना भाइरस...

वीरेन्द्रनगरमा पाहुना प्रवेशमा रोक

वीरेन्द्रनगर, ४ बैशाख-सुर्खेतको वीरेन्द्रनगरमा बन्दाबन्दी (लकडाउन) अवधिभर बाहिरबाट आउने पाहुना तथा नातेदारलाई प्रवेशमा रोक लगाइने भएको छ ।नगरपालिकामा आउने विदेश, अन्य जिल्ला वा पालिका बाहिरबाट आउने पाहुना तथा नातेदार व्यक्तिलाई घरमा प्रवेश गर्न नदिइने भएको...

अंग दानको लागि जनचेतना बढाउनुपर्नेमा जोड

विराटनगर । मस्तिष्क मृत्युपश्चता अंग दान गराउनको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको कारणले अब जनचेतना बढाएर मस्तिष्क मृत्युपश्चात अंग दान गर्नको लागि अभिपेरीत गरिनुपर्नेमा बताएका हुन् ।...

पैदल घर हिँडेकाको समस्या समाधान गर्न सरकारलाई राजपाको आग्रह

जनकपुरधाम, ३ वैशाख-राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले उपत्यकालगायतका स्थानमा फसेका नागरिकको राहतका विषयमा सरकारले गरेका निर्णय प्रभावकारी बन्न नसकेको बताएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंबाट पैदल...

कोशी अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु

विराटनगर, ५ भदौ–विराटनगरस्थित कोशी अस्पतालका आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ । कारोनासँग मिल्दो लक्षण भएका एक जना बेवारिसे पुरूषका मृत्यु भएको छ । धनकुटाको भेरी गाउँपालिका–३ घर बताउने ५० वर्षीय पुरूषको शुक्रबार अस्पतालको आइसोलेसनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्