निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएका महिलाले लगाए प्रहरीचौकीमा ताला

 न्यूज विराट
निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएका महिलाले लगाए प्रहरीचौकीमा ताला

कपिलवस्तु, १ जेठ-कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरूद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् ।

वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन् । स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरूषले ८ देखि १० वर्षका बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै पीडितबाट करीब २२ दिनअघि प्रहरीमा जाहेरी परेको थियो ।

पीडित बालिकाहरूले आफूहरूलाई अभियुक्तले यौन दुर्व्यवहार गरेको प्रहरीसमक्ष बयान दिएका थिए । उनीहरूले पीडितले न्याय पाउनैपर्छ भन्दै नाराबाजी गर्दै प्रहरीलाई भित्र थुनेर चौकीमा ताला लगाइदिएका छन् । प्रहरीले पीडकसँग रकम खाएर मुद्दा कमजोर बनाएको महिलाको आरोप छ । जिल्ला अदालत कपिलवस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावकको जिम्मा लगाइछाड्ने आदेश दिएको आन्दोलनकारी महिलाको भनाइ छ ।

सोहीअनुसार पीडक भनिएका किशोर छुटेर गाउँमै आएपछि ती बालिका थप असुरक्षित भएको भन्दै महिलाहरूले न्यायको मागसहित प्रहरीमा घेराउ गरेका हुन् । एक अभियुक्त छुटे पनि अर्कालाई अझै अदालतमा पेस गरिएको छैन ।

सम्बन्धित समाचार

पाँचथर जिल्ला तेक्वाण्डो समिति गठन

विराटनगर,७ मङसिर–नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघ(आइटिफ)को पाँचथर जिल्ला समिति दिपेन्द्र तुम्वापो अध्यक्षता सात सदस्यीय आज गठन गरिएको छ। समितिका उपाध्यक्षद्वयमा मनोज खति , हर्कराज तुम्वापो, सचिवमा सुन्दर योङहाङ र कोषाध्यक्षमा रमेश निरौलालाई चयन गरिएको छ भने...

करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा कटहरीको जोड

विराटनगर । सरकारले लगाउने कर वैज्ञानिक ढङ्गबाट समायोजन गरिनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । मोरङको कटहरी गाउँपालिकाले बिहीबार आयोजना गरेको राजस्व सम्भाव्यता अध्ययन परामर्श कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका हुन् । उनीहरुले...

तत्काल फिबर क्लिनिक सञ्चालन गर्न निर्देशन

प्रदेश १ का स्वास्थ्य संस्थाले फिबर क्लिनिक बन्द गरेको भन्दै तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाले फिबर...

प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बन्दै, भोली सपथग्रहणको तयारी

विराटनगर, २२ माघ ।  प्रदेश १ को मन्त्रीपरिषदले आइतबार पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबिच भागवण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् । प्रदेश १ को सत्ता गठबन्धनमा...

प्रदेश १ सरकारलाई कतार च्यारिटीद्वारा स्वास्थ्य सामग्री सहयोग

विराटनगर, २५ वैशाख-प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो...

वडा प्रहरी कार्यालय विराटनगर सुविधा सम्पन्न भवनमा

विराटनगर । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ आफ्नै तीनतले सुविधा सम्पन्न भवनमा सरेको छ । ४ करोड ४ लाख ६३ हजार ८४३ रुपैयाँ लागतमा निमार्ण भएको सुविधा सम्पन्न भवनमा सरेको हो । २०७७ असार ४...

संक्रमित बढेपछि लकडाउनका विषयमा उच्चस्तरीय समिति अन्योलमा

काठमाडौं, २२ वैशाख-२५ वैशाखपछि जारी लकडाउनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा सरकार अन्योलमा परेको छ ।लकडाउनबारे सुझाव दिन बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकमा २५ वैशाखपछि के गर्ने भन्ने विषयमा सहमति हुन सकेन ।...

भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त आदेश जारी गर्दै  कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्