कालापानी हाम्रै होः सभापति देउवा

 न्यूज विराट
कालापानी हाम्रै होः सभापति देउवा

काठमाडौं, ३१ वैशाख-बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सिमाविवादमा सरकारले पहल गर्न सुझाव दिएका छन् ।

उनले आज भएको छलफलमा सुगौली सन्धिमा जुन कुरा प्रष्ट छ त्यहि हुनुपर्ने बताएका छन् । सभापति देउवाले भने, ‘कालापानी हाम्रो हो । यो हाम्रो पार्टीले पनि भन्दै आएको छ । लिपुलेक त्रिदेशीय नाका हो ।’

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री देउवाले उक्त सुझाव दिएको बताए ।उनले यो संसद अधिवेशनबाट एमसीसी पनि पास हुनुपर्ने बताएका छन् ।

संचारकर्मीसँग कुरा गदै उनले भने, ‘एमसीसी देशको हितमा भएकाले जसरी पनि पास हुनुपर्छ । यदि पूर्ववर्ती सरकारले गरेका निर्णय उल्टाइयो भने अहिलेको सरकारले गरेका निर्णय मान्न बाध्य हुने छैनौँ ।’  विदेशमा अलपत्र परेका नेपालीहरूलाई तत्काल स्वदेश फिर्ता गराउन पनि उनले सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

सप्तरीबाट ९ जनाको स्वाब परीक्षणका लागि धरान पठाइयो

सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका ९ जनाको स्वाब टेष्टका लागि बिहिवार सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका ८ जना...

महेन्द्र मोरङका क्याम्पस प्रमुखसहित चार जना विभागिय प्रमुख कार्यकक्षमा थुनिए

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बावुराम तिम्सिनासहित चार जना शिक्षक कार्यकक्षमा थुनिएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्वीयू) र महेन्द्र मोरङका विद्यार्थीहरुले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्प्स प्रमुख शिवराम चौधरी, बिबिएसको कोडिनेटर...

विराटनगर महानगरले खरिद गरेको मोटरबोटको सफल परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको मंगलबार परीक्षण गरिएको हो । मेयर नागेश कोइराला,...

हसिना सिमसारमा ‘बोटिङ’ का लागि पोखरी निर्माण सुरु

विराटनगर, चैत १०–मोरङको सुन्दरहरैंचास्थित हसिना सिमसारमा बोटिङका लागि पोखरी निर्माण कार्य सुरु गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिअन्तर्गत आएको ४० लाख बजेटमार्फत हसिना सिमसार क्षेत्रभित्र रहेको सिमसारमा बाँध निर्माण गरि पोखरी...

एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

रंगेली । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा (एमाले) मोरङको सम्पूर्ण शक्ति ग्रामथान गाउँपालिकामा केन्द्रीत भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उप निर्वाचनको परिणाम एमालेको पक्षमा पार्न पार्टी मोरङको...

१ करोड ९ लाख भारतीय रुपैयाँ सहित २ जना पक्राउ

विराटनगर, बैशाख २३–विराटनगर भन्सार कार्यालयबाट एक करोड बढि भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको दार्जिलिङ, सिलिगढी गंगानगर वडा नं ५ का २४ वर्षीय चालक रवीन्द्र शर्मा र भारतकै जिल्ला महजपुर,...

वीरगञ्जमा थप १ कोरोना संक्रमित महिलाको मृत्यु

जनकपुरधाम,   ७ भदौ-कोरोना संक्रमणबाट बीरगञ्जमा थप १ महिलाको मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका-११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वामा समस्या देखिएपछि...

माधवसहित १४ सांसदमाथि कार्वाही, पदमुक्त गर्न संसद सचिवालय र निर्वाचन आयोगमा एमालेको पत्र (सूचीसहित)

काठमाडौं, भदौ १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले माधवसहित १४ सांसदलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्