काठमाडौं, ३१- वैशाखएकै दिनमा २३ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ हजार ३ सय ५७ जनाको स्वाब परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणको कुल संख्या २१ हजार ३ सय ४० पुगेको छ ।
त्यस्तै, २४ घण्टाको अवधिमा ६ सय ९२ जनाको र्यापिड टेस्ट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार हालसम्म ६० हजार ३ सय १९ आरडीटी गरिएको छ ।
बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । त्यस्तै, उपचारपछि निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ । आज मात्रै चितवनबाट १ महिला र बुटवलमा उपचाररत १ जना पुरुष डिस्चार्ज भएका छन् ।