नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार

 न्यूज विराट
नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित फरार

जनकपुर, ३१ वैशाख-वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट २ जना कोरोना संक्रमित भागेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले नारायणी अस्पतालबाट २ जना संक्रमित भागेको खबर आएको र खोजी कार्य तीब्र पारिएको बताइन् ।

यता, अस्पतालमा ठाउँ खाली नहुँदा वीरगन्जमा मंगलबार राति संक्रमण पुष्टि भएका १८ जना संक्रमित घरमै अलपत्र परेका छन् । वीरगन्ज महानगरपालिका-३ छपकैयामा एकै परिवारका ७ जनासहित १८ जनामा मंलबार राति संक्रमण भेटिएको थियो ।

संक्रमण पुष्टि भएलगत्तै संक्रमितलाई उपचारका लागि कोबिड-१९ अस्पतालमा लगेर भर्ना गर्नुपर्छ । तर, राति सवा १० बजे संक्रमणको पुष्टि भएका १८ जनालाई भने अहिलेसम्म अस्पताल लगिएको छैन । जसका कारण उनीहरू आफ्नै घरमा अलपत्र परेका हुन् ।

संक्रमितलाई अस्पताल नलगी घरमै राख्दा त्यसले अन्य व्यक्तिहरूमा संक्रमण फैलने जोखिम देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । संक्रमितहरूको उपचार हुँदै आएको नारायणी अस्पतालको आइशोलेशन वार्डमा थप संक्रमित राख्ने बेड नभएर उनीहरू अस्पताल नलगिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पतालमा बनाइएको आइसोलेसन वार्ड खाली नरहेका कारण १८ जना संक्रमितलाई नल्याइएको बताए । ’आइसोलेसन वार्डको क्षमता ७० शैयाको मात्र छ’, उनले भने, ‘पहिलेदेखि नै ६९ जना संक्रमित ल्याएर राखिसकिएको छ । अब थप संक्रमित राख्ने ठाउँ नै छैन, हामीले थप संक्रमित अब राख्न सक्दैनौँ ।’

सुरुमा ५ शैयाको आइसोलेसन वार्ड बनाइएको र पछि संक्रमित थपिँदै जाँदा २५, ५० हुँदै ७० शैयाको बनाइएको तर, अब थप बेड राख्ने ठाँउ नै नभएको उनले बताए । अस्पतालको आइसियू, प्रसूति, मेडिकल, सर्जिकल, अर्थो गरी सबै वार्डमा बेड व्यवस्थापन गरी ६९ जना संक्रमित राखिएको उपाध्यायले जानकारी दिए ।

सम्बन्धित समाचार

नवनिर्वाचित प्रदेश १ सांसदले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले ९२ जना प्रदेश सांसदहरूलाई सोमबार शपथ ग्रहण गराएका हुन् । प्रदेश १ का...

प्रदेश १ मा ४० संक्रमित थपिए

विराटनगर, २५ साउन–प्रदेश १ मा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १९ पुरुष,...

विराटनगरका एक युवा रहस्यमय अवस्थामा मृत फेला

विराटनगर, ६ चैत । विराटनगरका एक यूवा रहस्यमय अवस्थामा मृत फेला परेका छन । विराटनगर–३ आयल निगमका कान्छा भनिने ४० बर्षिय नितेश राई विराटनगर १९ मा मृत फेला परेका हुन् । विराटनगर १९ मा निर्माणाधिन...

टि–२० क्रिकेट प्रतियोगिता : इलाम र झापाको रोमाञ्चक जित

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलाम र झापाले रोमाञ्जक जित निकालेको छ । बिहीबार भएको खेलमा इलामले घरेलु टिम मोरङलाई र झापाले सुनसरीलाई हराएको हो ।विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा...

प्रधानमन्त्रीले ट्वीट गर्दै भनेः भोलि बिहान ८ बजे ताली बजाउनुहोस्

काठमाडौं, ३०-चैतप्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसंघ...

चीनबाट खरिद गरिएका स्वास्थ्य उपकरणबारे प्रचण्डको चासो

काठमाडौं, १९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच चीनबाट स्वास्थ्य उपकरण खरिदका क्रममा देखिएको विवादबारे छलफल भएको हो...

७२ प्रतिशत संक्रमितले जिते कोरोना, उपचार सफलतामा नेपाल अगाडि

काठमाडौं, २५ साउन-राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा- कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन् । सार्क...

पशुपतिमा किरियापुत्री सेवा बन्द

पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्