गोपाल पोखरेल,विराटनगर ३१ बैशाख , मोरङ क्षेत्र न. ५ का एकसय एक परिवारलाई पुग्ने राहात सामाग्री समाजसेवी मनिस गु?ङले कांग्रेसका लोकप्रीय केन्द्रिय सदस्य अमृृत अर्याल लाई हस्तान्त्रण गर्नुभएको छ । सो सामाग्री आज हस्तान्त्रण गरिएको हो । लोकप्रीय नेता अर्याल नेकपाका नेता शिब कुमार मण्डल संग १ हजार ९ सय मतले पराजित हुनुभएको थियो । सो राहात सामाग्रीमा १ किलो दाल, खाने तेल, एक किलो नुन , १२ किलो चामल , लगायतका सामाग्री हालेर प्याक गरेर बनाईएको प्याकीङ सामाग्री छ । पुर्व आपुर्ती मन्त्री समेत रहनुभएका नेता मण्डल काठमाण्डौमा आराम गरिरहनुभएको छ । तर पराजित अर्याल राहात वितरणगर्ने योजानामा व्यस्त हुनुभएको छ । नेता अर्यालले मोरङ ५ का विपन्न एकसय एक परिवारलाई राहात वितरण गर्ने जानकारी दिनुभयो । नेता अर्यालले २०७२ साल बैशाखको भुकम्पको आएको बेला समेत जन मजदुरी गरेर खाने विपन्न लाई मोरङ ५ मा राहात वितरण गर्नुभएको थियो । त्यतीमात्र होईन एक वर्ष अघाडि आएको बाढीले प्रभावीत सो क्षेत्रमा समेत राहात वितरण गर्नुभएको थियो । कसैको दुःख देख्न नसक्ने अर्याल अप्ठारोमा परेको जो सुकै सर्वसाधारणलाई समेत सहयोग गर्दै आईरहेका छन । समाजसेवी मनिस लगायतको टोलीलाई त?णदल मोरङका कोषाध्यक्ष अनिल लक्षमी रिजालले सहयोग गर्न आग्रह गरेको बुझीएको छ । रिजालले नै गु?ङ लगायत ५०० जना लाई काग्रेसमा ल्याउने तयारी भईरहेको बताईएको छ । लायन्स क्लब तथा लियो क्लबमा रहेर धेरै क्षेत्रमा सामाजिक कार्य गरेका रिजाल अब आउने त?णदल मोरङको अध्यक्षमा उठ्ने तयारी गरिरहेको धेरैको बुझाई छ । त्यसैले रिजाल काग्रेस , कम्युनीस्ट नभनिकन विपन्न रोग, भोक र अभाव झेलेका मानिसह?लाई राहात दिने काम गरिरहेका छन । कार्यक्रममा त?णदल मोरंङका अध्यक्ष संञ्जय थापा, नेतृ विन्दीया कार्की, मनिस तिम्सीना लगायतको सहभागिता थियो ।