विराटनगर, २९ वैशाख-प्रदेश-१ का छुट्टाछुट्टै २ स्थानमा भएका घटनामा २ जनाको ज्यान गएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका-१६ का ३५ वर्षीय विष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार विहान समयमा घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैँलाई करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु हो ।
लडेर १ जनाको मृत्यु
त्यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका–७ का ५५ वर्षीय पदमबहादुर भुजेल सामुदायिक वनमा मृत फेला परेका छन् । वैशाख २५ गते घरबाट खेत जान भनी निस्किएका भुजेल बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा सोमबार बिहान ७ बजे मतकेना सामुदायिक वनभित्र बाटोदेखि करिव २०० मिटर तल मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।