नारायणी एफएममा कार्यरत पत्रकार तिवारी पक्राउ

 न्यूज विराट
नारायणी एफएममा कार्यरत पत्रकार तिवारी पक्राउ

जनकपुर, २८ वैशाख-रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ । वीरगञ्जको लिंकरोडस्थित एफएम स्टेसनकै प्रवेशद्वारबाट आज दिउँसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

एफएम स्टेसनको प्रवेशद्वार छेउकै सडकपेटीमा पत्रकार यादवले मोटरसाइकल पार्किङ गरेर राखेका थिए । २ वटा प्रहरी भ्यानमा आएका प्रहरीले सडक पेटीमा मोटरसाइकल राखेकै निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरी भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शी एफएमका प्राविधिक प्रमुख दीपेन्द्र साहले जानकारी दिए ।

साहले भने, ‘प्रहरीले गाली गर्दै मोटरसाइकल हटाउन भने, तिवारी यादवले गाली नगर्नुहोस्, हामी हटाइहाल्छौँ भन्नेवित्तिकै एक जना प्रहरीले लछारपछार गर्दै यादवलाई गाडीमा हालेर लगे ।’

प्रहरी भ्यानमा हालेपछि प्रहरीले यादवको मोबाइल पनि खोसेर राखेको साहले बताए । एफएम स्टेसनकै गेटबाट पक्राउ गरेर उनलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

पत्रकार यादवलाई प्रहरीले पक्रेर लगेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका सञ्चारकर्मीलाई समेत यादवसँग भेट गर्न दिइएको छैन । प्रहरी कार्यालयको मूल गेट रहेका पत्रकारहरूले प्रहरीको ज्यादती बढेको बताए ।

पत्रकार यादव पक्राउ परेको घटनाबारे बुझ्न पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तलाई फोन गर्दा उनले भनिन्, ‘डीआइजीसा’ब आउनुभा’छ, म त्यसैमा अहिले व्यस्त छु, पछि कुरा गरौँला ।’

सम्बन्धित समाचार

चिनियाँ राजदूतको रहस्यमय मृत्युले इजरायलमा हलचल

एजेन्सी, जेठ ४–इजरायलमा नयाँ सरकारको शपथग्रहणभन्दा केही घण्टापहिले नै चिनियाँ राजदूतको रहस्यमय मृत्युले हलचल मच्चिएको छ । चिनियाँ राजदूत डू वेई तेलअभिवको हर्टजलियास्थित घरमा मृत फेला परेका थिए । यो घटनाको पुष्टि इजरायलको विदेश मन्त्रालयले...

आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ साउन-आज दिउँसो धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै, गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले...

प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

विराटनगर, १ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा...

काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखा प्रमुख फेरिँदै

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...

प्रदेश १ः सुनसरी ३२ गते सम्म निषेधित क्षेत्र

विराटनगर, साउन २५–सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि सोमबार राती सकिनेमा जिल्ला प्रशासन कार्यालय सुनसरीले ६ दिन थप गर्दै अब ३२ गते सम्म कायम...

पत्रकार र शिक्षकबीचको मैत्रीपूर्ण खेल बराबरी

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा नेपाल पत्रकार महासंघ मोरङ र प्याब्सन विराटनगरबिच भएको एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बराबरी भएको छ । सहिद मैदानमा शुक्रवार भएको खेलमा २–२ गोलको बराबरी भएको हो ।नेपाल पत्रकार महासंघ...

ग्रेडेडको वादविवादमा कृतिश्री र प्रशिष्का प्रथम

विराटनगर । विराटनगर–७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छन् ।‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगितामा पक्षमा आफ्नो तर्क राखेर थापा प्रथम भएकी...

उच्च अदालतको आदेशले कटहरी गाउँपालिकालाई बजार लगाउने बाटो खुल्यो

विराटनगर । लामो समयसम्म मोरङको कटहरी गाउँपलिका १ स्थित तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार सञ्चालन गर्न नसकेर प्रयोगविहीन भएको संरचनामा कटहरी गाउँपालिकाले साप्ताहिक हटिया लगाउने बाटो उच्च अदालत विराटनगरले खुल्ला गरिदिएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्