कानुनअनुसार एसईई हुन्छ

 न्यूज विराट
कानुनअनुसार एसईई हुन्छ

काठमाडौं, २८ वैशाख-गत ६ चैतका लागि तोकिएको उच्च माध्यमिक शिक्षा परीक्षा (एसईई ) कोरोना भाइरसका कारण अन्तिम समयमा स्थिगित भयो । ४ लाख ८२ हजार विद्यार्थी परीक्षाको प्रतीक्षामा छन् । कहिले परीक्षा हुने हो, अन्योल कायमै छ । त्यसैले शिक्षासँग सरोकार राख्ने केही निकायले यो वर्ष विद्यालयको मूल्यांकनलाई आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिन आग्रह गर्दै आएका छन् ।

तर, राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको मूल्यांकनलाई आधार मानेर प्रमाणपत्र दिन नसकिने स्पष्ट पारेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले स्थिति सामान्य भएपछि उच्च माध्यमिक परीक्षा (एसईई ) गर्ने बताएका छन् । शिक्षा पत्रकार सञ्जालले आइतबार आयोजना गरेको अनलाइन अन्तर्क्रियामा उनले स्थिति सामान्य भएपछि परीक्षा गर्ने बताएका हुन् ।

‘कोरोना भाइरसका कारण देश अहिले लकडाउन छ । स्थिति सामान्य भएपछि २ साताको समय दिएर परीक्षा गर्छौं,’ अध्यक्ष पौडेलले भने, ‘परीक्षालाई सहज बनाउन उपकेन्द्र थप गर्ने विषयमा पनि छलफल चलिरहेको छ ।’

कानुन परिवर्तन नभएसम्म परीक्षा नरोकिने उनले बताए । ‘कानुन परिवर्तन नभएसम्म परीक्षा रोकिँदैन,’ उनले भने, ‘परीक्षा कहिले हुन्छ भन्ने कुरा लकडाउनमा भर पर्छ । सरकारले अब सुरक्षित छ नभनेसम्म परीक्षा हुँदैन ।’

अनिवार्य विषयको परीक्षा बोर्डले गर्ने र ऐच्छिक विषयको विद्यालयले नै गर्न सकिने प्रतिवेदनसमेत सरकारलाई बुझाएको उनले बताए ।कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विभिन्न विकल्पका विषयमा छलफल भइरहेको बताए । ‘अहिले नै यही गर्ने भन्ने निर्णय भएको छैन,’ उनले भने, ‘ विद्यार्थी टाढाटाढा भएकाले परीक्षा उपकेन्द्र थप गर्ने विषयमा गृहकार्य भइरहेको छ । अहिले पर्ख र हेरको अवस्थामा छौँ ।’

परीक्षा नियन्त्रक रामराज खकुरेलले उपकेन्द्र बनाउने विषयमा शिक्षा विकास तथा समन्वय इकाइहरूलाई कति आवश्यक पर्छ त्यसको विवरण माग गरिएको बताए । ‘अहिले १९९५ केन्द्र तोकिएको छ,’ उनले भने, ‘उपकेन्द्र थप गरेर परीक्षा गर्न सकिन्छ ।’

सम्बन्धित समाचार

६९ जिल्लामा कोरोनाको र्‍यापिड टेस्ट

काठमाडौं, ४ वैशाख-सरकारले ६९ जिल्लामा कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले ६९...

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

सिबी अधिकारी, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने...

आज थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडौं, १ जेठ-नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षीया महिला,...

व्यवसायीको मागलाई सहजिकरण गरेर अगाडी बढछु : मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले उद्योगी व्यवसायीहरूको समस्या सावधान गरेर अगाडी बढने बताएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार विराटनगरमा...

टिभिएसआईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

विराटनगर । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा...

क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार प्रयास

जनकपुरधाम, १२ वैशाख-धनुषाको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कारको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिका–६ स्थित क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलामाथि गएराति बलात्कारको प्रयास भएको हो । ती महिला विगत ७ दिनदेखि त्यहाँ रहँदै आएकी थिइन्।...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

दुई वर्षदेखि लेखा समिति सभापतिविहीन

जनकपुर, माघ २२–प्रदेश २ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा हुँदा पनि सार्वजनिक लेखा समितिले पूर्णता पाएको छैन । दलहरूको आन्तरिक द्वन्द्वका कारण समितिको सभापति चयन हुन सकेको छैन । समितिको सभापतिमा पूर्वमाओवादी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्