युवतीको अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ

 न्यूज विराट
युवतीको अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ

धनगढी, २८ वैशाख-धनगढीमा युवतीको अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–७ का २३ वर्षीय सन्तराम चौधरी आत्महत्या दुरुत्सानको आरोपमा पक्राउ परेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

प्रहरीका अनुसार शनिबार बिहान धनगढी उपमहानगरपालिका–६ जालीको सुकुटी नालामा झुण्डिएर आत्महत्या गरेकी गौरीगंगा ९ शंकपुरकी १९ वर्षीय लक्ष्मी देउवाको फेसबुकबाट चौधरीले अश्लील भिडियो र फोटो आफन्त र साथीहरुलाई पठाएका थिए ।

अश्लील भिडियो र फोटाहरु सार्वजनिक भएपछि युवतीले आत्महत्या गरेको उजुरी प्रहरीमा परेपछि चौधरीलाई पक्राउ गरेको जनाइएको छ । प्रहरी नायब उपरीक्षक बस्नतेले युवकको मोबाईलमा सार्वजनिक भएको अश्लील भिडियो, फोटा, र फेसबुक आईडी समेत लगईन अवस्थामै भेटिएको बताए । घटनाको थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार

अपडेट : आगलागीमा परी थप एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ...

तेली समाजको महिला कमिटि मोरङमा गठन, अध्यक्षमा अम्बिका साह

विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ जिल्ला महिला कार्यसमिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको प्रथम महिला भेलाबाट विराटनगर ८ की अम्बिका साहलाई अध्यक्षमा चयन गरिएको हो । साहको अध्यक्षतामा १५ सदस्यिय समिति...

प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरी निरीक्षक दिनेश गौतम घाइते

नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्यस समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको प्रहरीको टोली र नेकपाका कार्यकर्ताबीच झडप हुँदा सादा पोशाकमा खटिएका महानगरीय अपराध महाशाखाका प्रहरी...

नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गयो : मन्त्री यादव

विराटनगर, १० पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गर्नुभयो ।...

प्रदेश १ मा शनिबार १९ संक्रमित थपिए, २५ जना डिस्चार्ज

विराटनगर, १७ साउन-प्रदेश १ मा शनिबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश-१ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा शनिबार झापाको विर्तामोडका १ पुरुष र १ महिला तथा इलामका १७ पुरुषमा कोरोना...

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं, जेठ ३-नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित बर्दिया नार्खु-११ की २८ वषीया महिला,...

विराटनगरमा तास खेल्दै गरेको अवस्थामा आधादर्जन व्यक्ति पक्राउ

विराटनगर, १ फागुन । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २३ वर्षीय सुबोध यादब, सोही ठाउँका २२ वर्षीय प्रकाश यादव, २८ वर्षीय मुकेश यादव, ३८...

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार बढी, अमेरिकामा एकै दिनमा १९ हजार संक्रमित बढे

युरोपेली देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको दर अत्यधिक बढेको छ । इटालीमा संक्रमित र मृत्युदर रोक्न समस्या परेको छ । त्यहाँ हालसम्म १० हजार २३ जनाकाे कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये एक दिनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्