कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ४१ लाख नाघ्यो

 न्यूज विराट
कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ४१ लाख नाघ्यो

एजेन्सी, बैशाख २८-कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख ७२८ पुगेको छ ।

यसैगरी विश्वभर कोरोना संक्रमणबाट २ लाख ८० हजार ४३१ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ४१ हजार ४७५ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेको छ भने ८० हजार ३७ जनाको मृत्यु भइसकेको छ । यो विश्वमा मृत्यु भएकामध्ये एक तिहाईभन्दा बढी संख्या हो ।

विज्ञहरुले कोरोना भाइरसबाट संक्रमित हुनेको वास्तविक संख्या अहिले थाहा भए भन्दा धेरै रहेको कुन सक्ने बताएका छन् । परीक्षण अति कम मात्रै भएकाले संक्रमितको संख्या कम देखिएको भन्दै उनीहरुले परीक्षणको दायरा बढाउनु पर्नेमा जोड दिएका छन् ।

स्पेन, इटाली, फ्रान्ससहितका देशमा दैनिक मृत्यु हुनेको संख्या कम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा स्पेनमा १७९, इटलीमा १९४ र फ्रान्समा ८० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यस्तै बेलायतमा ३४६ जनाको मृत्यु भएको छ ।

मृत्युदरमा कमी आएपनि लकडाउन खुकुलो पारिएपछि संक्रमण बढ्ने चिन्ता पनि बढेको छ ।

कोरोना भाइरसका कारण बेलायतमा ३१ हजार ५८७ जनाको मृत्यु भएको छ भने इटलीमा ३० हजार ३९५, स्पेनमा २६ हजार ४७८ र फ्रान्समा २६ हजार ३१० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ३३ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

विराटनगर, १८ भदौ-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा २÷२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक...

विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

एजेन्सी, पुस ८–अमेरिकाको अग्रणी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट बर्खास्त गरिएको छ । बोइङले संस्थामा आत्मविश्वास पुनस्र्थाििपत गर्नका लागि यो कदम चालिएको दाबी गरेको छ । बोइङ कम्पनीको ७३७ म्याक्स...

५ लाख रुपैयाँ घुससहित मातपोत कार्यालयका प्रमुख रंगेहात पक्राउ

जनकपुरधाम, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामकाे भानु चौकस्थित...

पहिचानको मुद्दामा एकजुट हुनुपर्नेमा जोड

विराटनगर । पहिचानको मुद्दामा आदीवासी जनजातिहरू एकजुट भएर लागि परिएमात्र अधिकार स्थापित हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद विराटनगरले ३९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधबार आयोजना गरिएको...

विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी...

डिआइजीका घुमुवा इन्स्पेक्टर राई निलम्बित

विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई निलम्बित भएका छन् । डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेपछि राई...

सहिष्णुताका सेतु

विराटनगर । विराटनगरका बासिन्दा वसिम आलम राजनीतिक वृत्तमा चिनिएको नाम हो । नेकपा एकीकृत समाजवादीको भ्रातृ संस्था अनेरास्ववियु्का सह–अध्यक्ष आलम हरेक आन्दोलनका अगुवाका रुपमा पनि स्थापित छन् । सामाजिक र राजनीतिक विषयमा सामाजिक सन्जालमार्फत तिखो...

लागूऔषध कारोबारीसँग प्रहरीको भीडन्तः १ को मृत्यु, ४ जना घाइते 

महोत्तरी, १२ जेठ-महोत्तरीको रामगोपालपुर नगरपालिका-७ सहसौलामा गएराती लागूऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार मृत्यु हुनेमा रामगोपालपुर–७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्