क्वारेन्टाइनमा जन्मिए जुम्ल्याहा शिशु

 न्यूज विराट
क्वारेन्टाइनमा जन्मिए जुम्ल्याहा शिशु

बुटवल, २७ वैशाख-दाङमा क्वारेन्टाईनमा बसेकी १ महिलाले जुम्ल्याहा शिशु जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा अनिता यादवले जुम्ल्याहा शिशु जन्माएकी हुन् ।

२ दिनदेखि क्वारेन्टाइनमा बसेकी यादवले शुक्रबार जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन् । उनी तुलसीपुर उपमहानगरपालिका-१३ १३ फूलवारीकी स्थायी बासिन्दा हुन् । उनले नर्मल डेलिभरीबाट जुम्ल्याहा सन्तानलाई जन्म दिएकी स्वास्थ्यकर्मीले बताएका छन् ।

तुलसीपुरको रक्षाचौर माविको क्वारेन्टाइनमा रहेकी यादवलाई बिहीबार साँझ सुत्केरी ब्यथाले च्यापेपछि शुक्रबार उनलाई राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । यादवले जन्माएकी १ शिशुको तौल साढे १ केजी र अर्की शिशुको तौल १२ सय ५० ग्राम रहेको छ ।

दुबै बच्चामा अक्सिजन र सुगरको मात्रा कम भएको र आमाको स्वास्थ्यमा पनि समस्या आएपछि उनीहरूलाई तुलसी बाल अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । यादवका यसअघि २ छोरा र २ छोरी छन् ।

सम्बन्धित समाचार

सत्ता गठबन्धनको निर्णय : जेठभित्रै स्थानीय चुनाव

सत्ता गठबन्धनले जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको  छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्‍ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । बालुवाटारमा शनिबार बसेको बैठकले संविधानअनुसार कानुन संशोधन गरेर...

अख्तियारमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा २९ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अख्तियारमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ। झापाबाट काठमाडौँ र त्यहाँ बाट महेन्द्रनगर आएका...

प्रहरीले बरामद गरेको पदार्थ युरेनियम-२३८ भएको नास्टद्वारा पुष्टि

काठमाडौंको बौद्धबाट प्रहरीले बरामद गरेको युरेनियम २३८ भएको पुष्टि भएको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बिहीबार प्रहरीले बरामद गरेको साढे २ किलो पदार्थ युरेनियम नै भएको पुष्टि गरेको हो । नास्टले...

तीन महिनामा प्रदेश १ मा १७७ वटा मानव अधिकार हनन् का घटना

विराटनगर, ३ असोज । प्रदेश–१ मा तीन महिनाको अवधिमा १ सय ७७ वटा मानवअधिकार हनन्का घटना भएका छन् । राटनगरमा सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनाको अवधिमा सबैभन्दा बढी महिला अधिकार र बालअधिकार हननका घटना...

निर्वाचन आयोगले सोध्यो कुलमान घिसिङलाई स्पष्टिकरण

काठमाडौं, बैशाख १ । नेपालबिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधिएको छ । कार्यकारी निर्देशक घिसिङलाई माओवादी केन्द्रको चुनावी प्रचारमा लागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै...

विराटनगरमा कराँते प्रतियोगिता हुँदै, भारत र नेपालका ९ टिमको सहभागि रहने

विराटनगर । वैशाख अन्तिम साताबाट विराटनगरमा खुल्ला कराँतै प्रतियोगिता हुने भएको छ । वैशाख २२ र २३ गते हुने उक्त प्रतियोगिता विराटनगरस्थित कभड हलमा हुने भएको हो । विराट कराते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका...

धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा

विराटनगर । स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञा जारी भएकोले धरान शान्त छ...

कोशी अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

विराटनगर, साउन २३–विराटनगरस्थित कोशी अस्पतालमा आइपुग्दा शुक्रबार विहान मृत्यु भएका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्