डुङ्गा पनि किनारमै थन्किए

 न्यूज विराट
डुङ्गा पनि किनारमै थन्किए

राजविराज, २७ वैशाख-वन्दाबन्दीका कारण डुङ्गा चलाउन नपाउँदा पुर्ख्यौली पेसाका रूपमा सप्तकोशीमा माछा मारेर गुजारा चलाउँदै आएका सप्तरीको १ सय ५० परिवार मुखिया समूदायलाई हातमुख जोर्न समस्या परेको छ । लकडाउन कार्यान्वयनका क्रममा स्थानीय प्रशासनले डुङ्गामा ताल्चा मारेर चलाउन रोकेपछि उनीहरूले सञ्चालन गर्दैआएको डुङ्गा सप्तकोशी किनारामै थन्किएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१२ मुखियाटोलका १ सय ५० परिवार मुखिया समूदाय सप्तकोशी नदीमै आश्रित छन् । पुर्ख्यौली पेसाका रूपमा माछा मारेरै उनीहरू आफ्ना परिवारको गुजारा चलाउँदै आए पनि यतिवेला वन्दाबन्दीका कारण डुङ्गा किनारमै थन्किएको हो ।

आफूलगायत परिवारको गुजारा चलाउने एक मात्र उपायका रुपमा रहेको डुङ्गा पनि  किनारमै थन्किदा भोकभोकै बस्नुपर्ने अवस्था आएको स्थानीय मनिकलाल मुखियाको दुखेसो छ । सिजनमा माछा मार्ने, वर्षामा कोशीको बाढीमा बगेर आउने काठदाउरा डुंगाकै माध्यमले संकलन गरी बेचेर गुजारा चलाउने गरेको सुनाउँदै उनले अहिले बेकाम भएर बस्नु पर्दा साह्रै समस्या परेको बताए ।

सम्बन्धित समाचार

विराटनगरमा खुल्यो न्यूरोसम्बन्धी ‘आर्या अस्पताल’

विराटनगर ३ कन्चनबारीमा १६ करोडको लागतमा आर्या न्यूरो हस्पिटल संचालनमा आएको छ । न्यूरो सम्बन्धी उपचारलाई फोकस गरेर विराटनगरमा उक्त अस्पताल संचालनमा ल्याएको हो । बुधबारदेखि औपचारिक रुपमा सो अस्पताल संचालनमा आउने मंगलबार अस्पतलामा पत्रकार...

अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई चीनले दियो चेतावनी

एजेन्सी, जेठ २८-चीनले अस्ट्रेलियामा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई आगामी दिनमा ‘नस्लवादी हमला’ को सामना गर्नुपर्ने अवस्था आउने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । चीनको शिक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देशका विद्यार्थीलाई सचेत गराएको...

प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको उपाधि स्कलर्स होम स्कुललाई

विराटनगर । प्याब्सन मोरङ जिल्लास्तरीय हिज्जे प्रतियोगिताको उपाधि मोरङ सुन्दर हरैंचाको स्कलर्स होम स्कुलले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै स्कलर्सले उपाधि जितेको हो । उपाधिसँगै स्कलर्सले १५...

संस्कृति संरक्षणमा तेली समाजको जोड

विराटनगर । जातिय पहिचान र संस्कृतिको संरक्षण गर्न संगठित हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । तेली कल्याण समाज नेपाल विराटनगर १२ ले आउँदै गरेको दशै, तिहार, छठ पर्वलाई लक्षित गरेर शनिबार शुभकामना तथा...

कोरोना संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु

विराटनगर, २९ कात्तिक-कोरोना भाईरसको संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक र विराटनगरस्थित न्युरो अस्पतालमा ३ जनाको मृत्यु भएको हो । बीपी कोइराला...

तेस्रो प्याब्सन कप : विराटनगरको ग्यालेक्सी, मदरल्याण्ड, दर्पन र मोर्डन एराको विजय सुरुवात

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार वटा विद्यालय विजय भएका छन् । प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्यालेक्सी, मदरल्याण्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुल विजय...

चितवनमा ५३७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

चितवनका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ सङ्क्रमित भएका छन् । सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् । हालसम्म सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्