चीनमाथि अमेरिकी धम्कीपछि आईएमएफले दियो चेतावनी

 न्यूज विराट
चीनमाथि अमेरिकी धम्कीपछि आईएमएफले दियो चेतावनी

एजेन्सी, बैशाख २७-अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले वैश्विक अर्थव्यवस्थामा आउने गिरावटबारे यसअघि गरिएको अनुमान अझै कम हुने संकेत दिएको छ । आईएमएफले चीन र अमेरिकालाई पुनः व्यापारिक युद्धमा नअल्झन चेतावनी दिँदै यसबाट कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट अर्थतन्त्रलाई बचाउने कोशिस कमजोर हुने चेतावनी दिएको छ ।

आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिवाले युरोपियन युनिभरसिटीको एक अनलाईन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । उनले २०२० मा वैश्विक अर्थव्यस्थामा ३ प्रतिशत गिरावट आउने बताइएपनि केही देशको आर्थिक तथ्यांक यो भन्दा धेरै कम देखिएको बताएकी छन् ।

उनले भनिन्, ‘कुनै तत्काल मेडिकल उपचार उपलब्ध नभएका कारण केही अर्थव्यवस्थालाई कोरोना भाइरस नियन्त्रणमा समस्या आउन सक्छ । कोरोना भाइरसका बारेमा अहिले नै केही भन्न सकिदैन त्यसकारण आर्थिक पूर्वानुमानमा पनि असर परिरहेको छ ।

कोभिड–१९ को नियन्त्रणको तरिकालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने धम्की दिएलगत्तै आईएमएफको यो भनाई बाहिर आएको हो ।

ट्रम्पले शुक्रबारमात्रै ट्रम्पले चीनसँगको पहिलो चरणको व्यापारिक सम्झौता अन्त्य गर्न सक्ने बताएका थिए । शुक्रबार नै क्रिस्टालिना जर्जिवाले नाजुक अवस्थामा संरक्षणवादको नीति अपनाएमा वैश्विक सुधारको सम्भावनामा झट्का लाग्ने बताइन् ।

यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले संसारभरको अर्थव्यवस्थामा तीन प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरेको थियो । आईएमएफले यसलाई १९३० को महामन्दीपछिको सबैभन्दा ठूलो वैश्विक आर्थिक गिरावट आउने बताएको छ ।

उसले कोरोना भाइरसको महामारीले संसारलाई नै ऐतिहासिक संकटमा पारेको उल्लेख गरेको छ । लामो समयसम्म कायम रहेमा त्यसलाई सम्हान विश्वका सरकार र बैंकको क्षमताको वास्तविक परीक्षा हुने जनाएको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्टस विजयी

एजेन्सी, २० कात्तिक-च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले जीत हात पारेका छन् । समूह जी अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डाइनामो किभलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा...

भारतलाई नेपालको जवाफ : बुद्धको जन्मभूमिबारे विश्व समुदाय प्रष्ट छ

काठमाडौं, २५ साउन-सरकारले भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल भएकोबारे विश्व समुदाय जानकार रहेको भन्दै यसमा कुनै भ्रम नरहेको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस...

प्रदेश १ मा २३ जना आइसोलेसनमा

मोरङ, ८ वैशाख-कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश–१ मा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । प्रदेशमा आइतबार साँझसम्ममा पीसीआर विधिबाट ३८७ जना स्वाब र...

गोरखामा लोपोन्मुख तामे सालक भेटियो

गोरखा, जेठ २५-गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ । स्थानीयवासी होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए...

लकडाउन पुनः १ साता थपिँदै

सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन पुनः १ साता लकडाउन थप गर्ने जनाएको छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ७ जना मन्त्रीसहितको उच्चस्तरीय समितिले लकडाउन थप गर्ने गृहकार्य गरिरहेको छ । लकडाउन बढ्नसक्ने भन्दै...

युवा सङ्घद्वारा सांसद गिरीलाई कारबाही गर्न माग

काठमाडौं, २८ जेठ-राष्ट्रिय युवा सङ्घ नेपालले सङ्घीय सांसद सरिता गिरीलाई कारबाहीको माग गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै सङ्घीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको...

बेलबारी ९ नं. वडा कार्यालयले गर्यो जग्गादातालाई सम्मान

विराटनगर, १४ असार । बेलबारी नगरपालिका वार्ड नं ९ कार्यालयले वाडभरिका विभिन्न सङ्घ संस्थालाई जग्गा दान गर्ने जग्गादाताहरूलाई सम्मान गरेको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई सम्मान गरेको हो । बेलबारी...

मेरिल्याण्ड कलेजका विद्यार्थीहरुद्वारा कृषि फार्मको भ्रमण

विराटनगर । विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई शैक्षिक कृषि अवलोकन भ्रमणको आयोजना गरेको छ। सामाजिक शिक्षा विषयको प्रोजेक्ट वर्क अन्तर्गत यस कार्यक्रममा ६०० भन्दा बढी विद्यार्थीहरुले रानी दरैया स्थित बञ्जारा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्