विराटनगर, बैशाख २७–नेपालमा थप सात जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ जना पुगेको छ । शुक्रबार अबेर गरिएको परीक्षणमा उदयपुर, कपिलवस्तु र पर्सामा थप सात जनामा कोरोना पुष्टि भएको हो ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाव परीक्षणका क्रममा तीन जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । प्रदेश १ स्थित उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिलामा संक्रमण देखिएको हो ।
यसैगरी कपिलवस्तुका १७, १८, १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षका संपुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।