उर्लाबारी, बैशाख २६–एकका लागि एक अभियान भन्ने नाराका साथ शुक्रबार सहारा नेपाल(साकोस) ले उर्लाबारी–४ मा राहत वितरण गरेको छ । अभियानले उर्लाबारी नगरपालिकामा वडाले दोस्रो चरणमा सिफारिस गरेको बक्राबाधमा बसोबास गर्ने विपन्न , दैनिक ज्याला मजदुरी गरि पेट पाल्ने, अशक्त, असाहय ४० घरपरिवारलाई प्राथमिकतामा राखि राहत बितरण गरेको । उर्लाबारी नगरपालिका मार्फत एकद्वार प्रणालिमा वडाले शुक्रबार सर्वदलिय उपस्थितिमा बितरण गरेको कार्यबाहक अध्यक्ष कृष्णमाया कडरियाले जानकारी दिइन् ।
यस अघि स्थलगत अनुगमन गरि विपन्न परिवारलाइ राहतको लागि संस्थाको प्रतिनिधि सहित वडाले राहतको लागि कुपन बाडेको वडा सदस्य कल्याणकुमार राईले बताएका छन । राहत हस्तान्तरणमा बोल्दै वडा सदस्य डोमनाथ खतिवडाले सो अभियानले अब विपन्न समुदाय भाकभोकै बस्नु नपर्ने भन्दै सहारा नेपाललाई धन्यवाद दिए ।
सो अवसरमा सहारा नेपाल(साकोस) को केन्द्रीय कार्यलय चारपानेबाट हुनेले नहुनेलाई सहयोग गर्नुपर्छ भन्दै एकका लागि एक अभियान थालेको बताइएको छ । अहिले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारी ले देश लकडाउनको अपस्थामा छ । यो अवस्थामा कुनैपनि विपन्न परिवार लाई भोकमरी नलागोस भन्ने उदेश्य ले सहारा नेपालको कर्मचारी ले आफ्नो तलब कटौती गरि सो अभियान सुरु गरेको सहारा नेपालको इलाका प्रमुख ओम प्रकाश साहले बताएका छन ।
शाहले यो अभियान बाट अहिले झापा, मोरङ, र सुनसरीमा २ दर्जनबढी संस्थाको सहयोगमा राहत वितरण गरिरहेको बताएका छन । सहारा नेपालको सेवा केन्द्र मंगलबारे बाट वडा नं. ४ को बाँधडाडामा २४ जना सेयरसदस्य मा यसअघि वडाबाट १३ जनाले राहत पाएको र बाकी ११ जना आफ्ना सेयर सहित अन्य २९ जना गरि ४० जनालाई सहयोग गरेको शाखा प्रमुख रोसन ढुङगाना ले बताए ।
साथै संस्थबाट उर्लाबारीका अन्य वडाहरु मा पनि सेयरसदस्य भएकाले राहत का लागि अभियान अघि बढाउने ढुङगाना ले बताएका छन । हरेक सम्पन्न परिवारले एक विपन्न परिवारलाई सहयोग गरे यो अभियान सफल हुने भन्दै सहारा नेपाल र अभियानकर्मी लाई नगरकार्यपालिको तर्फबाट कार्यबाहक वडाअध्यक्ष एवम कार्यपालिका सदस्य कृष्णमाया कडरियाले धन्यवाद व्यक्त गरिन् । उक्त अभियानले समाजमा सकारात्मक शन्देश जाने सहारा का फिल्ड अफिसर बलराम लिम्बूले बताए ।