भिसा नभएका विदेशी कामदारलाई २ साताभित्र मलेसिया छाड्न आदेश, हजारौँ नेपाली प्रभावित

 न्यूज विराट
भिसा नभएका विदेशी कामदारलाई २ साताभित्र मलेसिया छाड्न आदेश, हजारौँ नेपाली प्रभावित

काठमाडौं, २६ वैशाख-मलेसिया सरकारले अवैध रुपमा लुकेर काम गर्दै आएका आप्रवासी कामदारलाई देश छाड्न अपिल गरेको छ । कडा प्रवन्धबीच औद्योगिक क्षेत्र र मलहरू खुला गरेको मलेसियामा संक्रमितहरूको बृद्धिदर अहिलेकै अवस्थामा रहे त्यसलाई नियन्त्रण गर्न नसकिने मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

मलेसियाले १ जनवरी २०२० यता आवासीय भिसा समाप्त भएका आप्रवासी श्रमिकलाई आवागमन नियन्त्रण आदेशको अवधि सकिएको २ हप्ताभित्र देश छोड्न आदेश दिएको हो ।

आवागमन नियन्त्रण आदेश लागू हुनुभन्दा अगाडि वा सुरू भएपछि भिसाको म्याद समाप्त भएका विदेश कामदारको भिसा नविकरण गर्नुपर्ने भएमा आवागमन नियन्त्रण आदेश समाप्त भएको ३० दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

मलेसियन अधिकारीहरूको हालको तयारीले ४ दिनपछि आवागमन नियन्त्रण आदेशको अवधि सकिने छ । मलेसियाले १६ मार्चदेखि लागू गरेको आवागमन नियन्त्रण आदेश जारी गरेको हो । पटकपटक थपिएको उक्त आदेश अर्को आदेश नभएमा आगामी १२ मेसम्म जारी रहने छ।

१ जनवरीयता त्यस्ता भिसा सकिएका कामदारलाई मलेसियाका सरकारी निकायसँग सम्पर्क नगरी पहिले जस्तै गरी आफैँले टिकट काटेर घर फर्किन अनुमति दिइएको छ । उनीहरूले जनवरीयता बसेको कुनै अध्यागमन शुल्क वा जरिमानासमेत तिर्नु नपर्ने मलेसियन अध्यागमनलाई उदृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

मलेसिया अध्यागमन विभागको परिवर्तित भिसा नीति सम्बन्धी पछिल्लो निर्णय जानकारी दिँदै क्वालालम्पुरस्थित नेपाली दूतावासले जनवरीयता आवासीय भिसा समाप्त भएका नेपाली कामदारहरूलाई अध्यागमनको सूचना अनुसारको प्रक्रिया अपनाउन भनेको छ ।

मलेसियामा जनवरी यताको ४ महिनामा ९ हजार भन्दा बढी नेपाली भिसा र करार अवधि सकिएर घर फर्किने प्रतिक्षामा रहेको नेपाली दूतावासले आँकलन गरेको छ । मलेसियामा करिब ९० हजार अवैध कामदार रहेको दूतावासको अनुमान छ ।

सम्बन्धित समाचार

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...

१६५ भारतीय नागरिक लिएर फर्कियो एयर इण्डिया 

काठमाडौं, ७ जेठ-भारतले नेपालमा लकडाउनका कारण रोकिएका १ सय ६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरूलाई काठमाडौंबाट फिर्ता लगेको हो । यो चार्टर्ड...

विराटनगरमा तीन वटा आकाशे पुल बन्ने, मेयर पराजुलीले गरे शिलान्यास

विराटनगर, २ चैत । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको वढ्दो चापलाई ध्यानमा राखि नागरिकलाई सडक आरपार गर्न सहजताका लागि आज विराटनगरमा तीन वटा आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीले...

मिथिला मध्यमा परिक्रमाको प्रचण्डले गरे उद्घाटन

जनकपुर, फागुन ११–मिथिलाञ्चल क्षेत्रको महाकुम्भको रूपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमाको यस वर्षको शुभारम्भ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डोला उठाएर गरेका छन् । नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको मध्यमा परिक्रमामा...

सन्थाल समुदाय ‘सोहराय’ पर्वमा रमाउँदै

विराटनगर, पुस २८–यतिखेर आदिवासी सन्थाल समुदाय आफ्नो महान् पर्व ‘सोहराय’ मा रमाइरहेका छन् । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । आदिवासी सन्थाल समुदायको बसोबास रहेको...

रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो

काठमाडौं, २३ साउन-स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्ली बजार कारागारका जेलर गणेश आचार्यका अनुसार उनको खुट्टा सुनिएपछि वीर अस्पताल पर्‍याइएको हो । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन...

सुशान्तका बुबाले हाले रियाविरुद्ध मुद्दा

एजेन्सी, साउन १४-अभिनेता सुशान्तसिंह राजपुतका बुबा केक सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा दर्ता गरेका छन् । सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहित गरेको भन्दै केकले पटना प्रहरीमा रियाविरुद्ध मुद्दा दर्ता गरेका हुन् । आत्महत्या गर्नुभन्दा केही...

सकियो एमाले स्थायी कमिटी बैठक, यी हुन् निर्णय

काठमाडौं, साउन १-नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा आज भएको बैठकमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । माधव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्