अस्पतालको झ्यालबाट हामफालेका ३ जना चिकित्सकको मृत्यु

 न्यूज विराट
अस्पतालको झ्यालबाट हामफालेका ३ जना चिकित्सकको मृत्यु

एजेन्सी, बैशाख २५-कोरोना भाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न ३ जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रूपमा अस्पतालकाे झ्यालबाट हाम फालेको रसियाका सञ्चारमाध्यमहरूले बताएका छन् ।

ती चिकित्सकमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो । विगत २ साताको अवधिमा भएका यी घटनाहरूको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ ।

रसियामा १ दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरूले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)को अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन् ।

चिकित्सकहरूलाई सार्वजनिक रूपमा आफ्ना पिरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरेमा जागीरबाट हटाइने धम्की दिने गरिएको चिकित्सकको भनाइ छ ।

अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये २ जनाले कार्यस्थलका विषयमा विमति राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो । रसियामा सयौँको संख्यामा स्वास्थ्यकर्मीहरू नै कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

रसियाको राजधानी मस्कोबाट ५ सय किलोमिटर दक्षिणस्थित भोरोनेज क्षेत्रमा कार्यरत डा.अलेक्जान्डर शुलेपोभको गत २ मेमा आफू कार्यरत अस्पतालको दोस्रो तलाबाट हाम फालेका कारण ज्यान गएको थियो । कोरोना संक्रमित डा. शुलेपोभको त्यही अस्पतालमा उपचार हुँदै थियो ।

पश्चिम साइबेरियाको क्रानोयार्स्क शहरमा २५ अप्रिलमा डा. येलेना नेपोमन्यास्चाया नाम गरेकी चिकित्सकको अस्पतालकै पाँचौँ तलाबाट खसेर ज्यान गयो । उनको १ मेमा अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

त्यस्तै, २४ अप्रिलमा मस्कोस्थित १ अस्पतालको झ्यालबाट खसेर डा. नताल्या लेभेदेभाको मृत्यु भयो । अस्पतालले दुर्घटनावश नताल्याको निधन भएको बताए पनि स्थानीय सञ्चारमाध्यमहरूले डा. नताल्यामाथि कोरोनाभाइरससँग सम्बन्धित तनाव नै मुख्य रूपमा जिम्मेवार रहेकाे बताएका छन् ।

सम्बन्धित समाचार

प्रधानन्यायाधीशमाथि शीघ्र छानबिन गर्न नागरिक समूहको अपिल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि शीघ्र छानबिन गरी स्वतन्त्र न्यायपालिका कायमको माग राख्दै नागरिक अपिल जारी भएको छ । सोमबार अर्चना थापा, अञ्जना शाक्य, अनिता थपलियालगायतले नागरिक अपिल जारी गर्दै प्रधानन्यायधीशको अविश्वसनीय गतिविधि, कार्यसम्पादन तथा न्यायिक...

कोरोनाबाट निको हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौं, १३ वैशाख-विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेको संख्या ८ लाख नाघेको छ । कोरोना संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी संयुक्तराज्य अमेरिकाका मानिस रहेका छन् । त्यहाँ ९ लाख २५ हजार...

विराटनगरमा ७५ सहित प्रदेश १ मा ३३७ जनामा कोरोना संक्रमण

विराटनगर, २१ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा : ४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षको पालो

४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षका अधिवक्ताले बहस गर्ने पालो आएको छ । सरकारी पक्षले यसअघि २९ पुस र २ माघमा बहसको पालो पाएका थिए । त्यो बहस पनि ‘प्रतिनिधिसभा विघटन संवैधानिक हो कि होइन’...

कोरोना प्रभाव नदेखिएका देशमा श्रम स्वीकृति नरोकिने

काठमाडौं, फागुन २०–सरकारले कोरोना प्रभाव नदेखिएका देशमा श्रम स्वीकृति जारी गर्न नरोक्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशमा भने श्रम स्वीकृति रोक्न निर्णय भएको जानकारी दिएको छ । मंगलबार...

कांग्रेस नेता घिमिरेको ठहरः सभापति देउवाले ठूलो राजनीतिक भुल गरे

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले निर्दलीय चरित्र बोकेर ठूलो राजनीतिक भुल गरेको बतउनुभएको छ । उहाँले विभाजन नै नभएको एमालेका सांसदको हस्ताक्षर बोकेर प्रधानमन्त्री हुन पाउँ भनेर...

पत्रकारको सुरक्षाका लागि एनएम ९५ माक्स हस्तान्तरण

विराटनगर,साउन २३–अग्रपङ्ती खटिइ समाजलाई कोभिड–१९ सङक्रमण फैलिन नदिन सुशुुचित गराउन महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरुको सुरक्षाका लागि ध्यान दिइनुपर्नेमा सहभागीले जोड दिइएका छन्। लायन्स क्लव तथा लियो क्लव विराटनगरले नेपाल पत्रकार महासंघ मोरङका पत्रकारहरुलाई कोभिड–१९ बाट...

जिफन्ट प्रदेश १ मा युवा र महिला कमिटिमा नयाँ नेतृत्व : युवाको अध्यक्षमा भली सुब्बा गुरूङ्ग, महिलामा डोमा

विराटनगर । नेपाल  ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ को महिला तथा युवाको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् । विराटनगरमा शनिबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । जिफन्ट प्रदेश युवा कमिटिको अध्यक्षमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्