काठमाडौं, २५ वैशाख-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते मात्रै प्रस्तुत गर्ने भएको छ । संसद् सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने सम्भावित कार्यसूची तय गेको छ ।
त्यसअघि संसदमा वैशाख २८, २९ र ३० गते प्रि बजेट छलफल हुने भएको छ । गत वर्ष सरकारको नीति तथा कार्यक्रम शुरुमा पेश गरिएको थियो । तर, यस पटक कोरोना भाइरसको जोखिमका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रमलाई पछाडि सारिएको थियो । गत वर्षमा २० वैशाखमा नै राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेस गर्नुपर्ने प्रावधान रहेको छ । साथै त्यसको १५ दिन पहिले नै प्रि बजेट छलफल गर्नुपर्ने व्यवस्था छ ।