मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती तथा उँभौली पर्वको शुभकामना

 न्यूज विराट
मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती तथा उँभौली पर्वको शुभकामना

विराटनगर, २५ -वैशाख-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको उँभौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।

‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेका छन् । शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ’ मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा भनिएको छ, ‘बुद्धको उपदेशलाई आत्मसात गर्न सके राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तीको स्थापना हुने मेरो विश्वास छ ।’

त्यस्तै, उनले उँभौली जस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान दिने बताएका छन्

‘हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको छ ।’ मुख्यमन्त्री राईले भनेका छन्, ‘यस्ता प्रकारका मौलिक सांस्कृतिक चाडपर्वहरूले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोगसमेत गरेका छन् ।’ मुख्यमन्त्री राईले कोरोना भाइरसबाट जोगिनसमेत सबैलाई अपिल गरेका छन्

सम्बन्धित समाचार

म र प्रचण्डबीच फाटाे ल्याउने ओलीप्रयास सफल हुन दिँदैनौँः माधव नेपाल

नेकपा वरिष्ठ नेता माधव नेपालले आफू र प्रचण्डबीच फाटाे ल्याउने प्रधानमन्त्री केपी ओलीकाे प्रयासलाई सफल हुन नदिने बताएका छन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहकाे केन्द्रीय संघर्ष समितिले काठमाडाैंमा आयाेजना गरेकाे विराेधसभामा नेता नेपालले आफूहरू पदका लागि नभई विधि...

बथनाह–कटहरी रेल्वे मार्गको काम अन्तिम चरणमा

विराटनगर, ८ साउन । भारतको बथनाहदेखि विराटनगरसँगै जोडिएको मोरङको कटहरीसम्म रेल्वे मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रेल्वे मार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सञ्चालनका लागि तयार भएको छ । दुई मुलुकबीचको प्रशासनिक काम...

ज्योती आधारभूत विद्यालयमा ‘गुड टच/ब्याड टच’ बारे सचेतना र शिक्षिकाहरुलाई तालिम

विराटनगर, २६ माघ । विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा ‘गुड टच/ब्याड टच’ बारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा ‘गुड टच/ब्याड टच’ बारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।...

सिजनमै किसानले मल बीउको अभाव झलेको भन्दै सरकारको ध्यानाकर्षण

विराटनगर, जेठ १५-प्रदेश १ मा  बाली लगाउने सिजनमा किसानहरूले मल र वीउको अभाव झेल्नुपरेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार संसद बैठकको शून्य समायमा बोल्ने सांसदहरूले उन्तजातको वीउ र रासायनिक मलको अभाव अन्त्य...

झण्डै २ वर्षमा प्रतिनिधिसभामा नागरिकता विधेयक पेस

काठमाडौं, ९ असार-करिब २ वर्ष पुग्ने लाग्दा संसदीय समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले नेपाल नागरिकता (पहिलो...

उपत्यकामा आज १२२९ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ मंसिर-गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय २९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज काठमाडौंमा ९ सय ६५, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ७५ जनामा कोरोना पोजिटिभ...

आज २ हजार ८ सय १७ जनामा कोरोना, मृतकको संख्या ११ सय नाघ्यो

काठमाडौं, २३ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।  त्यस्तै, आज २...

कोशी प्रदेशमा १२ हजार ९३९ अपराधी फरार , सबैभन्दा बढी मोरङमा

विराटनगर। चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी २२६ जना फरार अपराधी मोरङ प्रहरीले पक्राउ गरेको छ । सोही अवधिमा झापाले ११५, सुनसरीले ५५, इलामले ३१, पाँचथरले १६, ताप्लेजुङले ५, धनकुटाले २१, तेह्रथुमले ७, भोजपुरले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्