बहराइनमा २४५ नेपालीमा कोरोना संक्रमण

 न्यूज विराट
बहराइनमा २४५ नेपालीमा कोरोना संक्रमण

काठमाडौं, २४ वैशाख-नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो १ साताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमणण पुष्टि भएको छ । यही १९ वैशाखसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १५७ थियो ।

दूतावासका अनुसार मंगलबारसम्म बहराइनमा १ हजार ९ सय ५० मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणबाट निदान प्राप्त गरी डिस्चार्ज हुनेको संख्या पनि १ हजार ७६२ पुगेको छ ।

बहराइनमा कोरोना सङ्क्रमणबाट ८ जनाको मात्र ज्यान गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५०१ जनामा कोरोना परीक्षण गरेको छ ।

ठूलो सङ्ख्यामा नेपालीमा कोरोना सङ्क्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ ।

कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दूतावासले अनलाइन फारम भर्ने व्यवस्था गरेको छ । दूतावासले फाराममा उल्लेखित विवरण भरेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेको छ ।

बहराइनले अवैधरुपमा बसोवास गर्दै आएका आप्रवासीका लागि वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० सम्म आममाफी दिएको छ । सङ्क्रमण नियन्त्रण नहुँदासम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको भन्दै दूतावासले बहराइन सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न पनि नेपालीलाई सचेत गराएको छ ।

सम्बन्धित समाचार

कोइराला निवासमा विपी जयन्तीका अवसरमा कविगोष्ठी

विराटनगर । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा नेपाली लेखक संघ मोरङले कवि गोष्ठी आयोजना गरेको छ ।संघले राणा शासनविरुद्ध आन्दोलनको विगुल फुक्ने कोइराला निवासमा कविगोष्ठी आयोजना गरेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश...

कोरोना संक्रमणबाट अर्घाखाँचीका १ युवकको मृत्यु

काठमाडौं, १५ जेठ-भारतको गुजरातबाट नेपाल फर्कंदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ ढिकुराका ३५ वर्षीया युवामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको लखनउ आसपास आइपुग्दा उनको गत १० जेठमा मृत्यु भएको थियो ।...

झण्डै २ करोड नक्कली नोट बरामद, एक भारतीय पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट आइतबार बरामद गरेको हो । भारतीय नम्बर प्लेटको...

प्रदेश १ मा १२ संक्रमित थपिए

विराटनगर, ५ साउन–प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा...

विराटनगरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

विराटनगर । भ्रष्टचारीलाई कारवाहीको माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था विराटनगर मोरङले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी प्रदर्शन गरेका हुन् । भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरी दोषीलाई...

मोरंगको पथरीमा जग्गा बिबादमा आमाको हत्या , हत्या आरोपमा छोरा पक्राउ

विराटनगर, १८ माघ । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।...

निको भएर फर्किए १६ कोरोना संक्रमित

काठमाडौं, १४ वैशाख-कोरोना भाइरस संक्रमण भेटिएका १६ जना नेपाली उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार आज थप ४ जना कोरोना जाति भएर घर फर्किएका हुन् । मन्त्रालयका अनुसार रौतहटका...

बेलबारीका सुरज भुजेल एक हप्तादेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

विराटनगर । मोरङ बेलबारी ४ पञ्चज्योती स्कुल टोलका ३० वर्षीय युवा सुरज भुजेल एक हप्तादेखि बेपत्ता भएका छन् । गत पुस १३ गते मङ्गलबार साँझ साढे ६ बजे घरबाट दुहबीस्थित आफ्नो डेरामा जान्छु भनि बस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्